Latest News

सर्वदलीय बैठक सकियो, के–के भयो कुराकानी ?

Nepalese Times July 22, 2022 (1 Year ago)    1726 Views

विराटनगर ।

प्रदेश १ को नामकरणका लागि सभामुख प्रदीपकुमार भण्डारीले बोलाएको बैठक विना निष्कर्ष टुङ्गिएको छ । शुक्रबार नामकरणका लागि छलफल गर्न सभामुख भण्डारीले प्रदेशभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई बोलाएका थिए ।

तीन घण्टा चलेको बैठकले नामको विषयमा सहमति जुटाउन सकेन । सभामुख भण्डारीले नामका विषयमा फेरि छलफल गर्ने गरी बैठक टुङ्गिएको बताए । उनले भने, ‘ छलफल सकारात्मक छ, सहमतिका लागि फेरि छलफल गर्ने सहमति भएको छ ।’

प्रदेशसभा सचिवालयभित्र सर्वदलीय बैठक चलिरहेका बेला पहिचानका पक्षधरले भने संसद सचिवालय बाहिर पहिचानका आधारमा नामकरण गर्न माग गर्दै प्रदर्शन गरेका थिए ।

प्रदेश १ को नामकरणको बहस तीब्र भइरहेका बेला किरात प्रदेशको माग गर्दै मुख्यमन्त्री कार्यालय घेराउदेखि विभिन्न ठाउँमा विरोध कार्यक्रम भइरहेको छ  । किरात राई यायोख्खाको नेतृत्वमा भएको घेराउ कार्यक्रममा सुनसरीको धरानदेखि इटहरी हुँदै सयौं मोटरसाइकलको र्याली मुख्यमन्त्री कार्यालय र प्रदेशसभा भवन घेर्न पुगेको थियो ।

किरात राई यायोख्खाका अध्यक्ष दिवस राईले प्रदेशको नाम किरात घोषणा गर्न सफल भए मुख्यमन्त्री राईलाई आफ्नो इतिहास पूर्खा भनेर चिनिने यलम्बरको उपाधिले सम्मान गर्ने घोषणा गरेका छन् । उनले आफ्ना पूर्खाको चिहानबाट बनेको कारण १ नम्बर प्रदेशको माटोले पनि किरातलाई चिन्ने दाबी गरे ।

‘किराँत भनेको कुनै पनि जातीय साम्प्रदायीक कुरा होइन । यो सिंगो माटोको परिचय हो । यहाँको इतिहास, सभ्यता, भूगोल, भाषा सबै हिसावले किरातसँग यसको विरासत जोडिन्छ । यहाँको सिमे, भूमे, खोला, वनजंगलदेखि सारा मनोविज्ञान हाम्रो किरात समुदायको भावना जोडिन्छ । हाम्रो मुन्धुम जोडिन्छ । हाम्रो पिता पुर्खाहरू जोडिन्छ ।

प्रतिक्रिया दिनुहोस