Latest News

पुबुदु दाशानायकेले किन दिए राजीनामा ?

Nepalese Times July 20, 2022 (1 Year ago)    1132 Views

काठमाडौं –

नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक पुबुदु दाशानायकेले राजीनामा दिएका छन् ।

राष्ट्रिय टिमको पछिल्लो प्रदर्शन निरन्तर खस्किँदा पुबुदुले पद छाड्ने घोषणा गरेका हुन् । उनले एक साताअघि नै मेलमार्फत क्यानलाई राजीनामा पत्र बुझाएका थिए ।

राजीनामापत्रमा उनले व्यक्तिगत कारण भनेका छन् । बुधबार पत्रकार सम्मेलन गरी उनले पद छाडेको जानकारी गरेका हुन् । पुबुदुले पहिलोपल्ट सन् २०११ देखि २०१५ सम्म नेपाल टिमको प्रशिक्षण संहालेका थिए ।

त्यस समयमा नेपालले आईसीसी विश्व क्रिकेट लिग डिभिजन चारदेखि एकसम्मको यात्रा गरेको थियो भने सन् २०१४ मा वंगलादेशमा आयोजित टी–२० विश्वकपमा ऐतिहासिक छनोट भएको थियो ।

गत मंसिर अन्तिममा पुबुदुले पद संहाल्दा नेपाली टोली विभाजनको अवस्थामा थियो । क्यानले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित चार खेलाडीलाई अनुशासनको कारबाही गरेको थियो । त्यो घटनाले खेलाडीहरु विभाजित थिए ।

पुबुदुले नेपाल क्रिकेट संघ क्यानसँग नेपाल टिममा दोस्रो कार्यकालका लागि गत मंसिरमा दुई वर्षे सम्झौता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस