Latest News

जोरपाटीमा बोरिङ खन्दा ग्यास निस्कियो (भिडिओसहित)

Nepalese Times July 19, 2022 (2 Year ago)    465 Views

काठमाडौं ।

काठमाडौंको जोरपाटीनजिकै बोरिङ खन्ने क्रममा ग्यास निस्किएको छ ।

जोरपाटीबाट सुन्दरीजल जाने बाटोमा रहेको सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा लेदोसहित पानी र ग्यास निस्किएको हो।

३ सय फिटजति खनेपछि एक्कासि विस्फोट भई लेदोसहित ग्यासको मुस्लो निस्किएको स्थानीय नगेन्द्रप्रसाद दाहालले बताएका छन् । बिहान १० बजेदेखि अहिलेसम्म पनि पाइपबाट ग्यासको मुस्लो निस्किरहेको उनले बताए ।

अहिले उक्त ठाउँमा ग्यासको जस्तो गन्ध फैलिएको दाहालले बताए । ग्यासको मुस्लो तीन तलामाथिसम्म पुगेको पनि उनले बताए ।

छेउछाउका घरमा धुलाम्मे भएका र बाटोमा राखेका मोटरसाइकल पनि ग्यासबाट निस्किएको धुलोले धुलाम्मे भएका उनले बताए ।

अहिले घटनाको वास्तविकता पत्ता लगाउनका लागि खानी तथा भूगर्भ विभागका अधिकारीहरूलाई बोलाइएको स्थानीय निर्मल अर्यालले बताएका छन् ।

प्रहरीले अहिले घटनास्थल वरपर सुरक्षा दिएर सर्वसाधारणलाई आवतजावतमा रोक लगाएको छ । अहिले पनि ग्यासको मुस्लो आउने क्रम जारी रहेको छ ।

मंगलबार विहान साढे १० बजेदेखि निस्किएको लेदो माटोका कारण जोरपाटी चोकसमेत हिलाम्ये भएको छ । बोरिङ खनेको वरपरका १५–२० घरमा लेदो माटोले ढाकिएको छ ।

जमिनमुनिबाट निस्केको लेदो माटो र ग्यासलाई हावाले उडाएर टाढा टाढासम्म पुर्‍याएको छ । त्यस क्षेत्र भएर हिँडडुल गर्ने सर्वसाधारण पनि समस्यामा परेका छन् ।

हेर्नुहोस् भिडिओमा

प्रतिक्रिया दिनुहोस