Latest News

यस्तो भेटियो अर्थले उपलब्ध गराएको सीसीटीभी फुटेजमा, जनार्दनको अर्को हर्कत सार्वजनिक !

Nepalese Times July 17, 2022 (2 Year ago)    405 Views

काठमाडौं ।

अर्थ मन्त्रालयको सीसीटीभी फुटेज प्रकरणका कारण जनार्दन शर्माले अर्थमन्त्री पदबाट राजीनामा दिन बाध्य भए ।

अहिले अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवा आफैंले राखेका छन् भने शर्मा छानविनको घेरामा रहेका छन् ।
तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिले अहिले विभिन्न कोणबाट छलफल गरिरहेको छ ।

यसैक्रममा संसदीय समितिलाई अर्थ मन्त्रालयले उपलब्ध गराएको सीसीटीभी फुटेजले जनार्दन शर्माको फेरि अर्को हर्कत बाहिर ल्याएको छ । उनको निर्देशनमा बजेट निर्माणको नभइ अर्कै महिनाको सीसीटीभी फुटेज उपलब्ध गराएसँगै उनले यस्तो हर्क किन गरे ? उब्जिएको छ ।

बजेट निर्माणका क्रममा गत जेठ १४ गते मध्यराति अनधिकृत व्यक्तिहरुलाई प्रवेश गराएर करका दर हेरफेर गराएको विषयमा छानबिनगर्न बनेको समितिलाई अर्थ मन्त्रालयले शुक्रबार सीसीटीभी फुटेजको हार्ड डिस्क दिएको थियो।

तर, उक्त हार्ड डिस्कलाई शुक्रबार र शनिबार हेर्दा असार महिनाको पाइएको हो । अर्थमन्त्री शर्माले बजेट भाषण गर्नु अघिल्लो दिन जेठ १४ गते राति अनधिकृत व्यक्तिहरुलाई मन्त्रालयमा प्रवेश गराएर करका दर हेरफेरगरेको आरोपपछि राजीनामा दिनु परेको थियो ।

सोही विषयमा बनेको संसदीय विशेष छानबिन विशेष समितिले जेठ महिनाभरकोसीसीटीभी फुटेज मागेको थियो। तर अर्थमन्त्रालयले असारको फुटेजसहितको हार्डडिस्क दिएको हो ।

अर्थमन्त्रालयले सूचना माग्न गएका एक व्यक्तिलाई सीसीटीभी फुटेज डिलिट भएको जवाफ दिएको थियो। अर्थमन्त्री शर्माको योजनामा फुटेज मेटाइएको भन्दै संघीय संसदले छानबिन समिति बनाएको हो।

तर, उक्त समितिलाई पनि जेठको हार्ड डिस्क उपलब्ध गराएको छैन।’हामीले मागेको जेठ महिनाभरको थियो, तर, अर्थमन्त्रालयले असारमहिनाको दिएको छ,’ समितिका एक सदस्यले भने, ‘बजेट निर्माणमा जेठ १४ गते असम्बन्धित व्यक्ति प्रवेश गरेको भन्ने छ।’

छानबिन विशेष समितिले शनिबार अर्थसचिव, राजस्व सचिव, मन्त्रालयका विभिन्न विभागका महानिर्देशकसँग बयान लिएको छ। तर, अहिलेसम्म समितिले कुनै महत्वपूर्ण क्लु पाउन सकेको छैन।

गत असार २२ गते गठन भएको विशेष समितिमा एमालेबाट ४, कांग्रेस, माओवादी केन्द्रबाट २र२, नेकपा एकीकृत समाजवादी, जनतासमाजवादी पार्टी (जसपा) लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट १–१ गरी ११ जना छन्। समितिलाई १० दिनको समयदिइएको छ। समितिको समयभित्र काम नहोस भनेर फुटेज नै नदिइएको हो ।

प्रतिक्रिया दिनुहोस