Latest News

उपसभामुख भूषाललाई सत्ता गठबन्धनका यी ठूला नेताले नै दिएनन् मत !

Nepalese Times July 15, 2022 (2 Year ago)    372 Views

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेसको उपसभामुखकी उमेदवार पुष्पा भूषाललाई यो पटक भोट दिन पाएनन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तो मान्न उनी भारतमा रहेका छन् । ‘प्रचण्ड’ लाई भारतीय जनता पार्टीका विदेश विभाग प्रमुखले विमानस्थलमा स्वागत गरेका छन्। पुष्पा भुषाल सत्ता गठबन्धनको उपसभामुखको संयुक्त उमेदवार बनेर उनी विजयी भएकी छिन् ।

संसदमा उपसभामुख पदका लागी निर्वाचन हुनै लाग्दा प्रचण्डको भारत भ्रमणको तय भएको थियो। आज जसरी पनि भारत जानुपर्ने भएपछि प्रचण्ड पुष्पा भुषाललाई भोट हाल्नबाट बन्चित भएका हुन्।

शुक्रबार संसदमा भएको मतदानमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सांसद भुसालले १४८ मत पाइन् ।

२०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अहिलेसम्म खाली रहेको यो पदमा आज चुनाव भएको हो । अर्घाखाँची पोखराथोककी पुष्पा भुसाल २०२८ सालदेखि राजनीतिमा आवद्ध छिन् ।

२०७६ माघ ६ गते तत्कालीन उपसभामुख डा‍. शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि पद रिक्त थियो ।  तत्कालीन सत्तारूढ दल नेकपाले सभामुखमा अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेसँगै तुम्बाहाङ्फेले राजीनामा दिएकी थिइन् । प्रतिनिधि सभाको सभामुख तथा उपसभामुख फरक दल र लिङ्गको हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

०७४ चैतमा भएको उपसभामुखको निर्वाचनमा तुम्वाहाङ्फे २०१ मतका साथ विजयी हुँदा भुसाल ५८ मत प्राप्त गरेर पराजित भएकी थिइन् । यसपटक गठबन्धनबाट उनी विजयी भएकी हुन् ।

प्रतिक्रिया दिनुहोस