Latest News

काठमाडौंका मेयर बालेनको यो निर्णयमा चौतर्फी आलोचना हुँदा एमाले उपाध्यक्ष पौडेलको भने समर्थन !

Nepalese Times July 14, 2022 (2 Year ago)    359 Views

काठमाडौं ।

स्वतन्त्र उम्मेदवारी दिएर अत्याधिक मतसहित विजयी भएका काठमाडौंका मेयर बालेन शाह यतिबेला केही विषयले भने आलोचित बनिरहेका छन् ।

काठमाडौंका फुटपाथमा मकै पोल्नेहरुको ठेला खोसेको, र्‍यापर यम बुद्धको सालिक बनाउने निर्णय गरेकोलगायत विषयमा उनी आलोचित बनिरहेका हुन् ।

काठमाडौंको फोहोर व्यवस्थापनका लागि चुनाव अघिदेखि नै एजेण्डा बनाएका मेयर बालेनले पदमा पुगेपछि भने पदीय घमण्ड देखाउन थालेको भनेर मानिसहरु असन्तुष्ट बन्न थालेका छन् ।

यसैक्रममा र्यापर यम बुद्ध (अनिल अधिकारी) को सालिक निर्माण गर्न महानगरपालिकाले बजेट विनियोजन गरेपछि उनी निक्कै आलोचित बन्यो र उनले आफ्नै तलबले बनाउने घोषणासमेत गरे ।

सबैले यसबारे चौतर्फी आलोचना गरिरहेको समयमा एमाले उपाध्यक्ष विष्णु पौडेलले भने र्‍यापर यम बुद्धको सालिक निर्माण गर्ने काठमाडौं महानगरपालिकाको निर्णयको स्वागत गरेका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्र समाजमा उत्कृष्ट योगदान गर्ने व्यक्तिहरूलाई सम्मान गर्ने प्रणाली भएको उल्लेख गर्दै उपाध्यक्ष पौडेलले महानगरपालिकाको निर्णय स्वागतयोग्य रहेको बताएका हुन् ।

पौडेलले यम बुद्धलाई नेपाली माटोमा जन्मिएका हिपहप गायनका विधाका विख्यात नक्षत्रका रूपमा समेत सम्झिएका छन् ।

उपाध्यक्ष पौडेलले ट्विटरमा लेखेका छन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्र आ(आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली हो । तसर्थ, नेपाली माटोमा जन्मिएका हिप हप गायन विधाका विख्यात नक्षत्र यम बुद्धको प्रतिमा (शालिक) निर्माण गर्ने काठमाडौं महानगरपालिकाको निर्णय स्वागतयोग्य छ ।

प्रतिक्रिया दिनुहोस