Latest News

यी तीन जिल्लाका सिडिओ फेरिए, को कहाँ पुगे ?

Nepalese Times July 13, 2022 (2 Year ago)    403 Views

काठमाडौं ।

गृह मन्त्रालयले तीन जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) सरुवा गरेको छ ।

भोजपुरमा हरिप्रसाद घिमिरे, खोटाङमा सूर्य सेढाइ र कञ्चनपुरमा गोपाल अर्याललाई प्रमुख जिल्ला अधिकारीलाई पठाइएको छ । उनीहरु तीनै जना मन्त्रालयमा जिम्मेवारीविहिन थिए ।

भोजपुरका प्रमुख जिल्ला अधिकारी वासु कोइरालालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा तथा खोटाङका फणीन्द्र दाहाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डे गृह मन्त्रालयबाट सामान्य प्रशासन मन्त्रालय अन्तरगत सरुवा भएका छन् ।

यस्तै गृहमन्त्रालयले ३२ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा सिफारिस गरेको छ ।

आज शनिबार बसेको बढुवा समितिको बैठकले ३२ जना एसपीलाई सम्बन्धित समूहमा एसएसपीमा बढुवा गर्न सिफारिर गरेको हो ।

बढुवा सिफारिसको पहिलो नम्बरमा प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय अंगरक्षण गण नक्सालका एसपी गणेश चन्द रहेका छन् ।

यस्तो दोस्रो नम्बरमा सिद्धिविक्रम शाह, तेस्रोमा सुशीलसिंह राठौर, चौथोमा उमाप्रसाद चतुरबेदी र पाँचौ नम्बरमा दानबहादुर कार्की रहेका छन् भने ३२औं नम्बरमा सिफारिस हुनेमा शारदाप्रसाद चौधरी रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस