Latest News

सामान चोरको आरोप लागेका मन्त्री यादवको सचिवालयले बल्ल मुख खोल्यो, के हो वास्तविकता ?

Nepalese Times July 12, 2022 (2 Year ago)    468 Views

काठमाडौं ।

काठमाडौं । निवर्तमान कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवको सचिवालयले ‘मन्त्री क्वार्टरका सामान पूर्वमन्त्रीका घरमा’ समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
उनका प्रेस सल्लाहकार सत्य प्रकाश यादवले एक विज्ञप्ति जारी गरी ‘मन्त्री क्वार्टरका सामान पूर्वमन्त्रीका घरमा’ समाचारप्रति आपत्ति जनाएका हुन् ।

यादवकाअनुसार उक्त समाचारमा निवर्तमान मन्त्री यादवले पुल्चोकस्थित मन्त्री निवास छाड्दा वासिङ्ग मेसिनलगायत अन्य सामानहरु लिएर गएको भनि तथ्यहिन र भ्रामक प्रचार गरिएको छ ।

असार २५ गते शनिबारका दिन निवासमा भौतिक व्यवस्थापनका सम्पुर्ण सामानहरु ठिक दुरुस्त भएकोले बुझ्ने बुझाउने काम संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका कर्मचारीको रोहवरमा दुईतर्फि हस्ताक्षर भएको उनले बताएका छन् ।

उनले भने, ‘सुनियोजित रुपमा बदनाम गर्ने नियतले सञ्चार माध्यममा आएको यो अपुष्ट समाचारप्रति सचिवालयको घोर आपत्ति छ ।’

कार्यालयले ध्यानाकर्षण पत्रमा उक्त समाचारले निवर्तमान कृषि मन्त्रीको प्रतिष्ठा माथि पर्न गएको असर प्रति क्षमायाचना समेत मागेको छ ।

मन्त्री निवासमा कार्यालयले दिएको सेवा सुबिधा असार २५ गते शनिबार नै बरबुझारत गरि चुस्त दुरुस्त हालतमा रहेको व्यहोरा समेत ध्यानाकर्षण पत्र मार्फत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस