काठमाडौं ।
नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङको दौडधुप बाक्लिएको छ ।
आज पनि उनले नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङ र नेपाली काङ्ग्रेसकम पुर्व महामन्त्री कृष्ण प्रसाद सिटौलासँग भेटवार्ता गरेका छन् ।
कांग्रेस उपसभापति गुरुङ र पूर्व महामन्त्री सिटौलासँग उनले छुट्टाछुट्ट भेटवार्ता गरेका हुन् । भेटमा तरुण दल बिस्तारसम्बन्धी गहन छलफल भएको उनको सचिवालयले जनाएको छ ।
नजिकिदै गएको प्रदेश र संघको निर्वाचनमा नेपालि काङ्ग्रेसलाई बहुमत दिलाउन भातृ सङठनहरुको प्रमुख भुमिका रहने गर्दछ ।
त्यसैको लागि गुरुङले आफ्नो सक्रियता बढाएको उनको सचिवालयका एक सदस्यले बताए । भेटमा विवाद रहित समिती निर्माण गर्नुपर्ने दुबै नेताहरुले सुझाव राखेका छन् ।
यो बेलामा यो त्यो भन्दा पनि संगठन बलियो बनाउने कुरामा आफ्नो पुर्ण सहयोग रहने भन्दै नेताद्वयले निर्भिकताका साथ अघि बढ्न सुझाव दिएका छन् ।
भेटमा अध्यक्ष गुरुङले सबै साथिहरुलाइ मिलाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तरुण दल अध्यक्ष गुरुङले केही दिनअघि नेताहरु शेखर, प्रकाशमान सिंहलगायतसँग पनि भेटघाट गरेका थिए ।