Latest News

प्रचण्डको गृहजिल्ला पुगेर रवि लामिछानेले गरे महत्वपूर्ण घोषणा

Nepalese Times July 9, 2022 (2 Year ago)    448 Views

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो दलले भ्रष्टाचार नसहने दावी गरेका छन् ।

शनिवार चितवनमा गरिएको भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले भ्रष्टाचारमा जोडिएका नेता, कर्मचारी सबैलाई अनुसन्धानको दायरामा ल्याउने घोषणासमेत गरे ।

उनले भ्रष्टाचारी सम्पूर्ण चल, अचल सम्पत्ति जफत गरी राष्ट्रियकरण गरिने र मुद्दा छिटो छरितो फैसला गर्नका लागि फास्ट ट्रयाक अदालत गठन गरिने समेत बताए ।

सभापति लामिछानेले भने, ‘वर्षौँदेखि थन्किएर बसेका मुद्दाको छिटो फैसलाको वातावरण बनाइनेछ, लैङ्गिक अल्पसङ्ख्यक, बालिका, महिला बलात्कारका मुद्दा छिटो फैसला गर्नका लागि फास्ट ट्रयाक अदालत गठन गरिनेछ ।’

उनले जबर्जस्ती करकापमा पारेर धर्म परिवर्तन गराउनेहरूलाई हदैसम्मको कारबाही गर्ने र सनातन वैदिक संस्कृतिलाई प्रवर्द्धन गर्ने, विदेशमा फसेका नेपालीको उद्धार गर्नका लागि र्‍यापिड एक्सन टिम बनाउने बताए ।

शिक्षा प्रणालीमा व्यापक सुधार गर्ने बताउँदै कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस