काठमाडौं ।
आर्थिक वर्ष २०७९–८० को लागि कुल २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट अघि सारेको महानगरले यम बुद्दको शालिक निर्माणका लागि भनेर १५ लाख रुपैयाँ छुट्यायो ।
सो विषयमा गत असार १० गते बजेट पेश भएको थियो । शुक्रबार पारित भयो ।
तर चौतर्फी विरोध भएपछि बालेन्द्रले त्यसको भोलिपल्ट नै त्यसलाई उल्टो पारे ।
यमबुद्धको सालिक महानगरको पैसाले नभई आफ्नै तलबको पैसाले बनाउने भनेर सामाजीक संजालमार्फत घोषणा गरे ।
उनले आफ्नो तलबबाट शालिक बनाउने घोषणा गरेको भए पनि कानुनले त्यो व्यवस्था गरेको छैन । मेयर साहले फेसबुकमा लेखेका छन्, “म मेरो तलबबाट यम बुद्धको शालिक बनाउँछु।”
मेयरले आफ्नो तलबले सालिक बनाउने कुरा गरेपनि कानुन अनुसार जाने हो भने मेयरले तलब नै पाउँदैनन् ।
स्थानीय सरकार गठन भएपछि २०७५ सालमा सातै प्रदेश सभाले ‘स्थानीय तहका पदाधिकारी र सदस्यको सुविधा सम्बन्धित ऐन’ बनाएका थिए। जसमा वडा सदस्यदेखि मेयर तथा अध्यक्षसम्म ‘मासिक सुविधा’ अर्थात तलबको व्यवस्था गरिएको थियो।
सर्वोच्चको संवैधानिक इजलासले २०७६ भदौ १ गते फैसला सुनाउँदै स्थानीय तहका जनप्रतिनिधिले तलब लिनेसम्बन्धी सबै ऐन रद्द गरेको थियो।