Latest News

सामान्य कम्प्युटरको ज्ञान भएको व्यक्तिलाई सरकारी जागिर खुल्यो

Nepalese Times July 9, 2022 (1 Year ago)    707 Views

सामान्य कम्प्युटरको ज्ञान भएको व्यक्तिलाई सरकारी जागिरको अवसर खुलेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले रोजगार सहायक पदमा जागिर खुलाएको हो ।

मन्त्रालयले सबै गाउँपालिका र नगरपालिकाका लागि एकै पटक आवेदन खुलाएको सूचनामार्फत जानकारी गराएको छ ।

कम्तिमा ३ महिनाको आधारभुत कम्युटर तालिम लिएकाले, प्रविणता प्रमाण पत्र वा सो सरह उत्तीर्ण गरेको १८ वर्ष पुरा भइ ४५ वर्ष ननाघेकाले आवेदन दिन पाउने छन् ।

आवेदकले १५ दिनभित्र काम गर्न चाहेको स्थानीय तहमा आवेदन दिनुपर्ने छ । रोजगार सहायकमा नायब सुब्बास्तरकाे सेवा सुविधा रहेको छ ।

अहिले नायब सुब्बाको मासिक तलब ३४ हजार ७३० रुपैयाँ रहेको छ । यो स्थायी सेवा भने होइन । स्थानीय तहमा करारका लागि विज्ञापन खुलाइएको हो ।

प्रतिक्रिया दिनुहोस