Latest News

प्रधानमन्त्री देउवाका ज्योतिषी रिजालले तोके आम निर्वाचनको उत्तम मिति

Nepalese Times July 7, 2022 (1 Year ago)    327 Views

निर्वाचन आयोगले २ मंसिरमा एकै चरणमा प्रदेश सभा तथा प्रतिनिधिसभाको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ । बुधबार आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी एकै चरणमा सम्पन्न गर्ने गरी निर्वाचन मिति तोक्न सरकारलाई सुझाव दिएका हुन् । एक सय २० दिनअगाडि नै निर्वाचनको मिति तोक्न आयोगको सुझाव छ ।

यता ज्योतिषशास्त्रअनुसार ३० कात्तिक, अनि २, ४, ८ र १० मंसिरमा उपयुक्त दिन छ । मंसिर प्रधानमन्त्रीका लागि लक्की महिना पनि हो । ७ मंसिरमा औँसी परेको छ ।

त्यसैले ६ र ७ मंसिरलाई छल्नुपर्ने हुन्छ । ८ मंसिरपछि कुलपूजा पर्ने भएकाले त्यसलाई पनि ध्यान दिनुपर्ने हुन्छ । मंसिर २ र ४ को मिति बढी उत्तम छ । मैले प्रधानमन्त्रीको सचिवालयमार्फत निर्वाचनको मितिबारे कुराकानी गरेको हुँ । केही दिनमा निर्वाचनको मिति घोषणा होला ।

त्यस्तै आयोगले आगामी मंसिर २ गते आम निर्वाचनका लागि सरकारलाई सिफारिस गरेको छ। सरकारले चुनावको मितिभन्दा १२० दिन अगावै मन्त्रिपषिदबाट निर्णय गर्नुपर्ने आयोगको सुझाव छ।

बुधबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका पदाधिकारीले प्रधानमन्त्रीसँग निर्वाचनकाे तयारीबारे छलफल गरेका हुन्।

निर्वाचनको मिति घोषणालगायतका विषयमा आयोगले प्रधानमन्त्रीसँग छलफल भएको आयाेगले जनाएकाे छ।

आयोगले सरकारलाई गरेको सिफारिसमा भनिएको छ, ‘निर्वाचन आयोग ऐन २०७३ को दफा ३ को उपदाफ १, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६ को उपदफा १ र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ को उपदफा १ बमोजिम प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन सम्बत २०७९ साल मंसिर २ गते शुक्रबार एकै चरणमा सम्पन्न गर्नेगरी निर्वाचनको मिति तोक्न नेपाल सरकारलाई परामर्श दिने।’

निर्वाचनको मिति निर्वाचन आयोगको सिफारिसमा सरकारले तोक्ने कानुनी व्यवस्था छ । निर्वाचन आयोग स्रोतका अनुसार आयोग पदाधिकारीले १२० दिन तयारीको समय पुग्ने गरी मिति घोषणा गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस