काठमाडौं ।
अर्थमन्त्री जनार्दन शर्मा विवादमा मुछिएको प्रकरणमा चौधरी ग्रुपले पनि मुख खोलेको छ। चौधरी ग्रुपका निर्वाण चौधरीले बजेटका सन्दर्भमा चौधरी ग्रुपलाई जोडेर सामाजिक सञ्जालमा आएका कुराहरूप्रति आफूहरुको ध्यानाकर्षण भएको जनाएका छन् ।
सामाजिक सञ्जाल फेशबुकमार्फत उनले बजेट निर्माण प्रकृयामा आफूहरुको कुनै चासो र सरोकार नरहेको बारेमा स्पष्ट पार्न चाहेको बताएका छन् ।
यस मामिलामा आफूह्रुको संलग्नताको बारेमा विना आधार केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा टिप्पणी गर्नेहरुप्रति खेद प्रकट गरिएको उनले बताएका छन् ।
आफूमाथि लाग्दै आएको आरोपको पुष्टि गर्नचुनौती दिँदै उनले यस सम्वन्धमा छानविन गरि सत्यतथ्य बाहिर ल्याउन सम्वन्धित निकायहरुलाई आग्रह गरेका छन् ।
यदि आफूहरुको संलग्नता कहिँ कतै पुष्टि भएमा हामी कारवाही भोग्न तयार रहेको भन्दै उनले यदि हाम्रो संलग्नता पुष्टि नभएमा हामीमाथि मिथ्या आरोप लगाउनेहरु कारवाही भोग्नकालागि तयार रहनेछन् भन्ने आफूहरुको अपेक्षा रहेको बताए ।