काठमाडौं ।
नेपाली काँग्रेसको पदाधिकारी बैठक सकिएको छ । मंगलबार दिउँसो पार्टी कार्यालय सानेपामा बसेको बैठक चुनावी रणनीति र भ्रातृ तथा शुभेच्छुक संस्थाका सम्बन्धमा छलफल भएको प्रवक्ता प्रकाशशरण महतले बताए ।
उपसभापति पूर्णबहादुर खड्काको संयोजनमा बसेको बैठकले आगामी केन्द्रीय समिति बैठकबाट भ्रातृ तथा शुभेच्छुक संस्थाका लागि दिएको निवेदनबारे निर्णय हुने उनले बताए ।
बैठकमा उपत्यकामा उपलब्ध पदाधिकारी र केही केन्द्रीय सदस्य पनि सहभागी थिए ।
भ्रातृ तथा शुभेच्छुक संस्थाका लागि केही निवेदन आएको भन्दै उनले कसलाई मान्यता दिने, कसलाई नदिने भन्नेबारे पनि छलफल भएको बताए ।
केही भ्रातृ तथा शुभेच्छुक संस्थालाई मर्ज गर्न कुरा भएको उनले बर्ता । काँग्रेसका १३ भ्रातृ र १९ शुभेच्छुक संस्था रहेका छन् । यसमध्ये केहीलाई मर्ज गर्ने र थप केहीलाई मान्यता दिने तयारी भइरहेको सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।
आज भ्रातृ तथा शुभेच्छुक संस्थाबारे मात्र छलफल भएको र अरु कुनै विषयमा छलफल पनि छलफल नभएको उनले बताए । भएन । फेरि बस्ने गरी आजको बैठक सकिएको छ ।