Latest News

अर्थमन्त्री शर्मालाई हटाउनुपर्ने कारण छैन, उहाँले एकदमै राम्रो काम गर्नुभएको छः मेयर रेणु दाहाल

Nepalese Times July 5, 2022 (1 Year ago)    509 Views

काठमाडौं ।

भरतपुर महानगरकी मेयर रेनु दाहालले पार्टी र गठबन्धनभित्र अर्थमन्त्री जनार्दन शर्मा हटाउनेबारे कुनै छलफल र बहस नभएको स्पष्ट पारेकी छिन् ।

एक टेलिभिजन कार्यक्रममा उनले यत्तिकै कसैलाई मन लाग्यो भन्दैमा राख्ने वा हटाउने भन्ने नहुँने बताए । उनले भनिन्, ‘आखिर अहिले एकीकृत समाजवादीले मन्त्रीहरु हेरफेर गर्यो, त्यो उहाँहरुको आवश्यकत्ता थियो । आजमात्रै जसपाले मन्त्रीहरु हेरफेर गर्यो, त्यो पनि उहाँहरुले आवश्यकत्ताले गर्नुभएको हो । तर, हाम्रो पार्टीले मन्त्रीहरु हेरफेर गर्नेबारे कुनै निर्णय गरेको छैन् । अहिले मैले त्यस्तो देखेको छैन् ।’

उनले फेरि भनिन्, ‘अर्थमन्त्रीज्यूले राम्रो काम गर्नुभएको छ । उहाँलाई हटाउनुपर्ने कुनै कारण छैन् ।’ उनले अर्थमन्त्री शर्माले ल्याएको जनताको हितमा रहेको र आफूहरु खुशी रहेको सुनाईन् । दाहालले आफ्ना पितासमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई दयालु, सिर्जनशील र गतिशिल नेताको रुपमा चित्रण गरिन् ।

उनले भनिन्, ‘उहाँ अब कस्तो खालको व्यक्ति भन्ने रु एकदमै दयालु, सिर्जनशील र गतिशिल नेता हो । परिस्थितिको आँकलन गरेर आफूलाई समयसापेक्ष बनउाने लिडर ।’

उनले प्रचण्डले नेपाली राजनीतिमा गुणमात्रै लगाएको स्मरण टिप्पणी गरिन् । मुलुकको राजनीतिक समस्या समाधानको लागि प्रचण्डले जहिल्यैपनि जोखिम मोलेको उनको भनाई छ । उनले प्रचण्ड व्यक्तिगत स्वार्थ भएको नेता नभएको पनि जिकिर गरिन् ।

प्रतिक्रिया दिनुहोस