काठमाडौं ।
धनकुटाकी हिमा बस्नेत भट्टराई प्रदेश १ संसदको समानुपातिक सांसदमा मनोनित भएकी छन्। नेकपा एमालेको सिफारिसमा उनी प्रदेश १ को सांसद बनेकी हुन्।
सरकारी कागजात किर्ते आरोप प्रमाणित भएपछि एमालेकी गुलेफुन खातुनले पदबाट राजीनामा दिएकी थिइन्। त्यही रिक्त स्थानमा उनको मनोनयन भएको हो।
उनलाई सोमबार निर्वाचन आयोगले संसद सदस्यमा मनोनयन गरेको एमाले नेता हिक्मत कार्कीले जानकारी दिए।
एमालेको प्रदेशसभा सदस्य भट्टराई कानुन व्यवसाय पृष्ठभूमिकी हुन्। उनलाई चाँडै सपथ गराउने तयारी भएको एमाले नेता कार्कीले जानकारी दिए।