काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले अर्थमन्त्री जनार्दन शर्माको योग्यतामाथि प्रश्न उठाएका छन् ।
गभर्नर निलम्बन अर्थमन्त्री शर्माको अयोग्यताको एक दृष्टान्त रहेको बताउँदै उनले अहिले सिसिटिभी फुटेज प्रकरण अर्को अयोग्यता रहेको बताए ।
उनले एक ट्वीट गर्दै लेखेका छन्, ‘वर्तमान सरकारका अर्थमन्त्रीको अयोग्यता छताछुल्ल नै छ । अर्थतन्त्रमा यसले नकारात्मक असर पारेको छ।गभर्नर निलम्बन प्रकरण एउटा दृष्टान्त हो । अहिले आएर सिसिटिभी फुटेज मेटाउनुले उहाँको थप अयोग्यतालाई दर्साउँछ ।’
उनले अर्थमन्त्री शर्मालाई फेर्नुपर्दैन भनेर प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत प्रश्न गरेका छन् । ‘के नेपालमा अर्थमन्त्री हुने अरू मान्छे छैनन् ? प्रमले मन्त्री फेर्नु पर्दैन ?,’ उनले अगाडि लेखेका छन् ।