Latest News

नेपाल फेरि विजयी, ओन्टारियो ५५ रनले पराजित

Nepalese Times July 4, 2022 (1 Year ago)    1259 Views

काठमाडौं ।

क्यानडामा भएको दोस्रो अभ्यास खेलमा पनि नेपाल विजयी भएको छ । ओन्टारियो क्रिकेट क्लबमाथि ५५ रनको जित निकालेको हो ।

एक दिवसीय क्रिकेटमा ६९ रनको जीत दर्ता गरेको नेपालले गयराति भएको टी २० मा ओन्टारियोलाई २१० रनको लक्ष्य दिएको थियो ।

जवाफमा ओन्टारियो १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ५४ रनमा रोकियो ।

भरुण सेहदेबले ५० रनको अर्धशतकीय पारी खेल्दा नरेश बुढाऐरले ४१ रन बनाएका थिए ।

नेपालका सोमपाल कामीले २ विकेट लिँदा करण केसी, आदील आलम र किशोर महतोले १(१ विकेट लिए । टस जितेर पहिला ब्याटिङ गरेको नेपाले निर्धारित ओभरमा ४ विकेट गुमाएर २०९ रन बनाएको थियो ।

नेपालका लागि रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारि खेले । रोहित ७१ रनमा नटआउट रहँदा ऐरी ५६ रन बनाएर आउट भएका थिए । पवन शर्राफले ३७ रनको पारि खेल्दा देव खनाल २० रन बनाएर पभेलियन फर्किए ।

मोहम्मद आदिल आलमले १० रन बनाए । ७१ रनको नटआउट पारि खेल्दा रोहितले ५ छक्का र ५ चौका प्रहार गरेका थिए । यसैगरी ऐरीले २ छक्का तथा ६ चौका प्रहार गर्दा देव खनालको ब्याटबाट १ छक्का र २ चौका निस्किएको थियो ।

शर्राफले भने ५ चौका प्रहार गरेका थिए । ओन्टारियोका लागि रेमोन्ड वियोन, बरुण सहदेव र किना टेन्टोले एक एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस