Latest News

नयाँ मन्त्रीको लिस्ट बोकेर उपेन्द्र यादव प्रधानमन्त्री निवास बालुवाटारमा, को–को बन्ने भए नयाँ मन्त्री ?

Nepalese Times July 3, 2022 (2 Year ago)    505 Views

काठमाडौं ।

जनता समाजवादी पार्टी जसपाले पार्टीबाट सरकारमा सहभागी मन्त्री हेरफेरको तयारी थालेको छ । उसले अहिलेका सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउँदै छ ।

मन्त्री फेरफेरको विषयमा जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन् ।

अध्यक्ष यादव प्रधानमन्त्री देउवालाई भेट्न आइतबार साँझ प्रधानमन्त्री निवास बालुपाटार पुगेका छन् ।

जसपाबाट हाल राजेन्द्र श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, रेणु यादव भौतिक पूर्वाधार तथा यातायातमन्त्री, महेन्द्रराय यादव कृषि तथा पशुपंक्षी विकासमन्त्री र रामसहायप्रसाद यादव वत तथा वाताव।णमन्त्री छन् ।

हालका मन्त्रीलाई फिर्ता बोलाउने तयारीमा रहेका उपेन्द्रले प्रदीप यादव, प्रमोद साह र इस्तियाक राई लगायतलाई पठाउने तयारी गरेका छन् ।

संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी विभाजन गर्ने भएपछि कतिपय नेता बाबुरामसँगै जाने डरले पनि उपेन्द्रले मन्त्री फेर्न तयारी थालेका हुन् ।

केही समय अगाडि नेकपा एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय गरेसँगै जसपामा पनि मन्त्री फर्नेपर्ने माग उठेको थियो । विशेष गरी बाबुराम भट्टराई समूहले मन्त्री फेर्नुपर्ने माग उठाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस