काठमाडौं ।
सल्यानका प्रदेश सांसद गुलाबजंग शाहको पार्टीकै एक जिल्ला नेतृसँग अन्तरंग सम्बन्ध झल्किने टिकटक भिडिओ सार्वजनिक भएको छ ।
एमाले सल्यानकी जिल्ला कमिटी सदस्य टिका वलीको टिकटक अकाउन्टबाट यो भिडिओ अपलोड भएको थियो ।
यस भिडओमा ‘मायाजाल बुन्छु म’ बोलको गीतमा शाह र गुलाबजंगले अभिनय गरेका छिन् । उनीहरू एउटै ओछ्यानमा गाला जोडेर सुतेको देखिन्छ । वलीले गुलाबजंगको गाला पनि सुम्सुम्याएकी छन् । उनीहरू दुवै विवाहित हुन् ।
शाह सल्यान प्रदेश सभा ‘क’ बाट निर्वाचित भएका थिए । उनी कर्णाली प्रदेशसभा संसदको प्रमुख सचेतक समेत छन् भने एमालेको कर्णाली प्रदेश सहइन्चार्ज समेत हुन् ।
गुलाबजंगको पारिवारिक पृष्ठभूमि पनि सङ्लो छैन । उनले बहुविवाह गरेका थिए । पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद नगरिकन कान्छी भित्र्याएको निकटस्थ बताउँछन् । श्रीमानले कान्छी ल्याएपछि जेठी श्रीमती पनि गुलाबजगको दाइ नाता पर्नेसित हिँडेकी थिइन् ।
गुलाबजंगका जेठीबाट दुई छोरी र कान्छीबाट एक छोरा छन् । उनका छोरीहरूको बिहे भइसकेको छ भने छोरा एमबीबीएस पढ्दैछन् । उनका बुबा पूर्वपञ्च हुन् ।