Latest News

माओवादीका यी नेताले कार्यकर्तालाई यसरी ढोगाए खुट्टा, यस्तो भिडिओ बाहिरिएपछि आलोचना

Nepalese Times July 3, 2022 (2 Year ago)    480 Views

विराटनगर ।

नेकपा माओवादी केन्द्रका नेता शिवकुमार मण्डलको आलोचना भएको छ । कार्यकर्तालाई खुट्टा ढोगाएको भन्दै उनको चर्को आलोचना भइरहेको हो ।

शनिबार बेलुका आफ्नो विवाहको वार्षिकोत्सव कार्यक्रममा मण्डलले कार्यकर्तालाई खुट्टा ढोगाएको भन्दै आलोचना भएको हो ।

वैवाहिक वर्षगाँठ मनाउन भन्दै शनिबार बेलुका देवा यादवसहितका माओवादीका कार्यकर्ताहरु विराटनगर महानगरपालिका वडा नं १ स्थित मण्डलको घर पुगेका थिए ।

केक काटेपछि कार्यकर्ताहरुलाई उनले टीका लगाइदिन्छन् । टीका थापेका कार्यकर्ता देवा यादवसहित अरूले पनि निहुरिएर मण्डलको खुट्टा छुन्छन् । मण्डलले उनीहरूलाई रोक्न पनि नखोजेको भिडिओमा देखिन्छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले उक्त भिडिओ सेयर गर्दै कार्यकर्तालाई खुट्टा ढोगाएको भनेर मण्डलको आलोचना गरिरहेका छन् । मोरङको क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित मण्डल पूर्वमन्त्री पनि हुन् ।

उनले यो आफूहरुको पारिवारिक संस्कार भएकाले आलोचनाको विषय नभएको बताए ।

आफूभन्दा जेठोलाई ढोग्ने आफूहरुको परम्परा रहेको भन्दै उनले कार्यकर्ताको रूपमा होइन आशिर्वादका लागि खुट्टा ढोगेजस्तो गरेका बताए ।

प्रतिक्रिया दिनुहोस