Latest News

यी १७ एसएसपी भए डिआइजीमा बढुवा, तर…

Nepalese Times July 1, 2022 (2 Year ago)    644 Views

काठमाडौं ।

नेपाल प्रहरीका १७ एसएसपीको डिआइजीमा बढुवा भएको छ । गृहमन्त्री बालकृष्ण खाणले बढुवासम्बन्धि निर्णयमा हस्ताक्षर गरेका हुन् । एक साताअघि सिफारिस भएकोमा उजुरी नपरेपछि बढुवाको निर्णय भएको हो ।

बढुवा भएकाहरुको पदस्थापन भने हुन सकेको छैन । आइतबार दज्र्यानी चिन्ह लगाएर पदस्थापन गर्ने तयारी छ ।

बढुवा सिफारिस हुनेहरुमा बसन्त बहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, सन्दीप भण्डारी, रामदत्त जोशी, उमेशराज जोशी, किरण बज्राचार्य, किरण राणा, सुदीप गिरी, दुर्गा सिंह, मिरा चौधरी, भिम ढकाल, पोषराज पोखरेल, बुद्धीराज गुरुङ र टेकबहादुर तामाङ छन् ।

शुक्रबार नै उनीहरुको दज्र्यान्ही चिन्ह लगाउने प्रहरी प्रधान कार्यालयको तयारी थियो । तर, गृह मन्त्रालयले समयमा निर्णय नगर्दा आइतबारका लागि सरेको हो ।

स्रोतका अनुसार पदस्थापनमा कुरा नमिलेकाले पनि निर्णयमा ढिलाई भएको छ । पदस्थापन दुई दिन सारेर गृहले डिआइजीको पदस्थापनमा चलखेलको लागि वातावरण सिर्जना गरेको प्रहरी अधिकारीहरुको आशंका छ ।

चार प्रदेशसहित केही ब्यूरोहरु हाल रिक्त छन् । आइतबार डिआइजीको पदस्थापन र एसएसपीहरुको सरुवा एकैपटक गर्ने तयारी छ ।

 

प्रतिक्रिया दिनुहोस