Latest News

फेरि एक पटक एमालेसँग मिलेर जाने इच्छा छः प्रचण्ड

Nepalese Times July 1, 2022 (2 Year ago)    634 Views

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका नेता–कार्यकर्तासँग मिलेर जाने इच्छा व्यक्त गरेका छन् । फेरि वामपन्थी एकताको बहस चलिरहेका बेला उनले यस्तो अभिव्यक्ति सार्वजनिक गरेका हुन् ।

नेतृत्वका कारण नेकपा विभाजन भएपनि एमालेका कतिपय नेतासँग एकता गरेर अघि बढ्न सकिने भन्दै उनले फेरि नेकपा एमालेलगायत अरु वामपन्थी दलहरुसँग मिलेर जानुपर्ने बताए ।

काठमाडौंमा आयोजित कार्यक्रममा उनले एमालेभित्र माओवादीको बीउ रहेकाले केही समयमा त्यसलाई फैलाउन सकिने बताउनुभयो ।

फरक प्रसंगमा दाहालले माओवादी घटकहरुबीच एकताको विकल्प नभएको बताउनुभयो । माओवादीहरुबीच एकता आफ्नो नेतृत्वमा मात्र सम्भव हुने उनले बताए ।

यस्तै नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटेका छन् ।

ओली, प्रचण्ड र नेपालकै निवास पुगेर गौतमले भेटवार्ता गरेका थिए । तीनै जना अध्यक्षलाई गौतमले वाम एकता र एकता सम्भव नभए चुनावमा तालमेलको प्रस्ताव राखेका छन् । ‘हाम्रो जोड नेकपा पुनर्स्थापना नै हो । तर त्यो सम्भव नभए चुनावमा तालमेल गर्ने हो’ पाण्डेले भने, ‘सबैसँग सम्भव नभए मन मिल्नेहरुबीच एकता वा तालमेल गर्ने हो ।’

गौतमले ओली, प्रचण्ड र नेपालसँग लिखित प्रस्ताव नै बुझाएका छन् । गौतमलाई प्रचण्ड र माधवले भने सकारात्मक जवाफ दिएका छन् । ‘सबै विकल्पमा प्रचण्ड र माधव कमरेड तयार हुनुहुन्छ । तर केपी ओलीले भने कुनै जवाफ दिनुभएन’, गौतमलाई उद्धृत गर्दै पाण्डेले भने ।

चार दिनअघि (मंगलबार) मात्र नयाँ दल नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान गठन गरेका वामदेव गौतम अन्य कम्युनिस्ट पार्टीका प्रमुखसँग भेटवार्तामा सक्रिय भएका छन्।

यस क्रममा उनले बिहीबार साँझ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन्। यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उनकै निवास (खुमलटार) पुगेर भेटवार्ता गरेका गौतमले बिहीबार साँझ ७ बजे नेपाललाई पनि उनकै निवास (कोटेश्वर) पुगेर भेट गरेका हुन्।

नेपालसँगको भेटवार्ता सकारात्मक भएको गौतमको सचिवालयले बताएको छ। बिहीबारै बिहान गौतमले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवास (बालकोट) पुगेर भेटेका थिए।

प्रतिक्रिया दिनुहोस