Latest News

सत्ता गठबन्धनको बैठकः वाग्मतीसँगै अर्को प्रदेशको पनि हुने भयो मुख्यमन्त्री परिवर्तन !

Nepalese Times July 1, 2022 (2 Year ago)    476 Views

काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनको बैठक बोलाइएको छ । बैठक आज दिउँसो बस्ने भर्निपनि अझै बस्न सकेको छैन ।

बैठकमा वागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा छलफल हुने बताइएको छ । निर्वाचनको मिति घोषणापूर्व नै वागमती र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री परिवर्तन गर्ने तयारी गठबन्धनको छ ।

वागमतीमा अहिले एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे र सुदूरपश्चिममा माओवादी केन्द्रका त्रिलोचन भट्ट मुख्यमन्त्री छन् ।

वागमती प्रदेशको मुख्यमन्त्री कांग्रेसले र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीले दाबी गरेका छन् । पाण्डेविरुद्ध कांग्रेस र माओवादी सांसदले हस्ताक्षर अभियानसमेत थालेका छन् ।

उनीहरूलाई हटाएर नयाँ मुख्यमन्त्री बनाउने विषयमा छलफल गर्न शुक्रबार गठबन्धनको बैठक बस्न लागेको हो ।

शुक्रबार बस्ने बैठकको समय भने तय भइसकेको छैन । ‘गठबन्धनको बैठक समय निर्धारण भइसकेको छैन,’ प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

सो बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागी भएकालाई फिर्ता बोलाएर नयाँ पठाउने व्यक्तिको नाम प्रस्ताव गर्ने तयारी गरेका छन् ।

यसअघि शुक्रबार जसपा अध्यक्ष यादव, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालीबीच भेटवार्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस