Latest News

मन्त्री पद गुमेपछि रामकुमारी झाँक्री पनि टिकटक लाईभमा व्यस्त, यसरी माग्न थालिन् गिफ्ट (भिडिओसहित)

Nepalese Times July 1, 2022 (2 Year ago)    471 Views

काठमाडौं ।

नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री बेलाबेला चर्चामा आइरहने व्यक्ति हुन् ।

फरक–फरक काण्डका कारण उनको आलोचना र चर्चा दुबै हुँदै आएको छ । केही दिनअघि मन्त्री पद गएसँगै धुरुधुरु रोएको भिडियोले पनि उनलाई चर्चा बटुल्यो । मन्त्री पद गुमेपछि उनको आँशाबाट आँशु थामिन नसकेको दृश्य भाइरल भएको थियो

अहिले भने उनी के गर्दै छिन् । सबैको चासोको केन्द्रमा रहेकी छिन् । मन्त्री पद गएसँगै उनी टिकटक लाईभमा व्यस्त रहेकी छिन् ।

पूर्वमन्त्री रामकुमारी झाँक्रीको टिकटक मोह कुनै नयाँ कुरा होईन् । मन्त्री भएपछि केही कम गरेको भएपनि उनी मन्त्री पद गएपछि फेरि सक्रिय भएकी छिन् । उनी टिकटक लाईभमा बसेको एउटा भिडिओ भाइरल बनेको छ ।

हालै बाहिर आएको भिडियोमा नेतृ झाँक्री गिफ्ट माग्दै गरेको अवस्थामा छिन् । टिकटक लाइभ आएकी उनलाई अब के एमालेमा फर्किनुहुन्छ ? भनेर एकजनाले सोधेका छन् ।

जवाफमा उनले भनिन्, ‘छैन समाजवादीमा नै छु ।’ त्यसबीच एकजनाले उपहारमा गुलाफ पठाउँछन् ।अनी झाँक्री भन्छिन्, ‘थ्याङ्क्यू फर रोज’ लाइभमा एकजनाले माकुने काकाको खबर के छ भनेर सोध्छन्, जसको जवाफमा उनले त्यस्तो कुरा नलेख्न अनुरोध गर्छिन् ।

सबैलाई धन्यवाद भन्दै गर्दा कुनै बेला ‘थ्याङ्क्यू नानी बाबु’ भनेर ट्रेन्ड चलेको कुरा पनि उनले स्मरण गराएकी छिन् ।

नेकपा एकिकृत समाजवादीकी नेतृ उनले आफ्नो कुरा भन्नका लागि लाइभमा हेर्ने मान्छेहरु पर्याप्त नभएको भन्दै पीडा पनि पोख्छिन् । उनले भनिन्, ‘मैले मेरो एकलौटी कुरा केही भन्न पाको छैन् । ७०० कतिजना हुनुभाछ । तपाईंहरु अलिकति ८००, अलिकति बढ्नुभयो भने सानो म्यासेज भन्न चाहान्छु ।’

टिककटमा भएका साथिहरुलाई आफूले दिन लागेको सन्देश राम्रो हुने कुरा पनि उनले उल्लेख गरिन् । लाइभमा हेर्नेहरु एक हजार पुगेपछि उनको म्यासेज आयो ।

उनले भनिन्, ‘नमस्ते म ‘थाहा पाइहाल्नुभो मेरो आइडिबाट म रामकुमारी झाँक्री । म साढे आठ महिना, नौं महिनापछि मात्रै यो टिकटकको लाइभमा आको छु ।

फेसबुक लाइभ वा अरु एप्लीकेसनबाट पनि लाइभ आउने सुविधा छ, तर मलाई त्यो भन्दा टिकटकको लाइभमा तपाईंहरुलाई भेट्न सजिलो हुन्छ ।’

हेर्नुहोस् उनको टिकटक लाईभको भिडिओ

प्रतिक्रिया दिनुहोस