Latest News

जुरेलीले दर्ता गरिन् प्रहरीमा जाहेरी, हिक्मत बोहोर पक्राउ पर्लान् ?

Nepalese Times July 1, 2022 (2 Year ago)    628 Views

काठमाडौं । रेस्लर अस्मिता जुरेलीले असार १५ मनाउने क्रममा आफूमाथि दुर्व्यवहार भएको भन्दै हिलारी भनिने हिक्मत बोहराविरुद्ध उजुरी दिएकी छिन् ।

ललितपुर प्रहरी प्रवक्ता सिद्धिविक्रम शाहका अनुसार जुरेलीले दिएको जाहेरी दर्ता भएको छ । जुरेलीले बिहीबार साँझ जाहेरी ल्याएकी र आज दर्ता भएर प्रकृयामा गएको एसपी शाहले बताए ।

अदालतले पक्राउ पुर्जी दिएपछि हिलारीलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिने शाहले बताए । आरोपी शाह युवा संघका केन्द्रीय सदस्य पनि हुन् ।

ललितपुरको फर्सिडोलमा धान रोप्दै असार १५ मनाइरहेका बेला हिलारीले आफूलाई समातेर लडाएको जुरे‍लीको आरोप छ । उक्त कार्यक्रम युवा संघले नै आयोजना गरेको थियो ।

हिक्मले भने अस्मिताले भनेजस्तो आफूहरू अपरिचित नभएको बताउँदै आफूले नियतवस अस्मितामाथि कुनै दुर्व्यवहार नगरेको प्रष्टीकरण दिएका छन् ।

प्रतिक्रिया दिनुहोस