Latest News

कस्तो छ कांग्रेस नेता अर्जुननरसिंह केसीको स्वास्थ्य अवस्था ?

Nepalese Times July 1, 2022 (2 Year ago)    725 Views

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी स्वास्थ्य उपचार गराएर घर फर्केका छन्। केसीको मुटुमा पेसमेकर (मुटुको गति नियन्त्रण गर्न सघाउने यन्त्र) राखिएको थियो।

काठमाडौंको ह्याम्स अस्पतालमा स्वास्थ्य उपचार गरेर उनलाई चिकित्सकहरूको निगरानीमा राखिएको थियो। केसी बिहीबार साँझ घर फर्केका छन्।

उनका भाइसमेत रहेका कांग्रेस नेता जगदीश्वरनरसिंह केसीले अर्जुननरसिंहको स्वास्थ्यमा सुधार भइरहेको र घर फर्किएको बताए।

उनकाअनुसार अर्जुननरसिंह केसीले एक साता घरमा आराम गर्नेछन्। चिकित्सकहरूले एक साता भेटघाट नगर्न आग्रह गरेको पनि केसीले बताएका छन्।

गत असार १४ मा अर्जुननरसिंह केसीको मुटुमा पेसमेकर राखिएको थियो। मुटुको चालमा समस्या देखिएपछि असार १३ मा केसीलाई ह्याम्स अस्पताल भर्ना गरिएको थियो।

 

प्रतिक्रिया दिनुहोस