Latest News

देउवा झस्किने गरी कर्ण मल्लले गरे यस्तो घोषणा, कांग्रेसमा खैलाबैला (भिडिओसहित)

Nepalese Times July 1, 2022 (2 Year ago)    519 Views

काठमाडौं । डडेलधुरा कांग्रेसका पूर्व सभापति कर्ण मल्लले प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिने घोषणा गरेका छन् । एक टेलिभिजन कार्यक्रममा कुरा गर्दै उनले आउँदो संसदीय चुनावमा आफूले प्रधानमन्त्री एवम् पार्टी सभापति देउवाविरुद्ध उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

यसअघिको स्थानीय तहको निर्वाचनमा पार्टी संस्थापन पक्षले ‘बाइपास’ गर्दै जाँदा विद्रोह गरेर मल्लले एमालेसँग गठबन्धन गरेको थियो । कांग्रेस (वीपी) दलबाट उनले सत्ता गठबन्धनकै प्रमुख प्रतिस्पर्धी एमालेसँग तालमेल गरेका थिए । मल्ल कांग्रेस वीपी मा गएर एमालेसँग तालमेल गरेपछि कांग्रेसले उनलाई पार्टीबाट निष्कासन गरेको थियो ।

प्रजातन्त्र पुनर्स्थापना भएपछि २०४८ सालमा भएको पहिलो संसदीय निर्वाचनका क्रममा डडेल्धुराबाट उम्मेदवार बनेका शेरबहादुर देउवाका चुनावी प्रचार कार्यक्रममा कर्ण मल्लले गीत गाएर कांग्रेसका उम्मेदवारलाई मत मागेका थिए। त्यस समय कर्ण मल्लले विद्यालय तहकै पूरा गरेकै थिएनन्। मीठो स्वरमा गीत गाउने मल्लको कलाले देउवालाई प्रभावित बनायो।

पहिलो पटक संसदीय निर्वाचन जितेपछि देउवा कांग्रेस नेतृत्वको सरकारका गृहमन्त्रीसमेत बने। गृहमन्त्री बनेका देउवाले जिल्लाको राजनीतिलाई चलायमान बनाउनका लागि देउवाले चतुर र राजनीति बुझेको कार्यकर्ता खोजी गर्न थाले। चुनावी कार्यक्रमकै दौरान नजरमा परेका मल्ललाई देउवाले राजनीतिमा अघि बढाउन थाले।

२०५४ सालमा भएको जिल्ला विकास समितिको निर्वाचनमा अन्य सिनियर नेता हुँदाहुँदै देउवाले मल्ललाई उपसभापतिको उम्मेदवार बनाए। सभापतिको उम्मेदवार गोविन्द बोहरा थिए भने सानै उमेरमा जिल्ला विकास समितिको उपसभापतिको उम्मेदवार बन्‍ने अवसर मल्ललाई जुर्‍यो।

चुनावमा मल्लले आफू जित्‍नका लागि नेकपा एमालेसँग साँठगाँठ गरे। एमाले र राप्रपाबीच चुनावी तालमेल भएको थियो। एमालेको सभापति र राप्रपाको उपसभापतिका उम्मेदवार थिए। मल्लले आफूलाई उपसभापतिको मत दिन एमालेलाई आग्रह गर्दै सभापतिका लागि आफ्नो पक्षका मत दिने प्रतिबद्धता गरेको एमालेकै नेताहरुले बताएका थिए।

तर, मल्लले आफ्ना मतदाताहरुलाई एमालेका उम्मेदवारलाई भोट दिन लगाए पनि एमालेका मतदाताहरुले भने मल्ललाई नदिएर राप्रपाका उम्मेदवारलाई मत दिएपछि कांग्रेसका उम्मेदवार पराजित भए। मल्लकै कारण २०५४ को जिविसको निर्वाचन कांग्रेसले हारेको आरोप लाग्‍यो। मल्लले कांग्रेसलाई धोका दिएको कुरा देउवासमक्ष पुगे पनि देउवाले आफूले उठाएको उम्मेदवारको विषयमा खासै टिप्पणी गरेनन्।

उक्त निर्वाचनअघि नै २०५२ साल भदौमा नै देउवा प्रधानमन्त्री भइसकेका थिए। २०५३ मा प्रधानमन्त्रीबाट पदमुक्त भए पनि मल्ललाई आफ्नो सहयोगीका रुपमा साथमै राखेका थिए। मल्लले चुनाव हारेपछि देउवाले उनलाई काठमाडौं ल्याएर आफ्नो सहयोगी बनाएका थिए। दुई पटक संसदीय चुनाव जितिसकेको, गृहमन्त्री र प्रधानमन्त्री भइसकेको व्यक्तिको सहयोगी बनेपछि मल्लले शक्तिको महत्व थप बुझ्दै गए।

उनले जिल्लामा पनि आफ्नो प्रभाव बढाउँदै लगे। २०५८ मा देउवा दोस्रो कार्यकालका लागि प्रधानमन्त्री भएपछि मल्ल प्रमुख स्वकीय सचिव बने। २०५९ असोजमा नेपाली कांग्रेस ९प्रजातान्त्रिक० स्थापना भएपछि पनि मल्ल देउवासँगै रहेका थिए। त्यस समय तत्कालीन संस्थापन कांग्रेसलाई मल्लले निकै दुस्ख दिएको डडेल्धुराकै एक नेताले बताएका छन्। ती नेताले भने, ुपार्टी विभाजन भएपछि मल्लजी देउवासँगै रहनुभयो। उहाँलाई सत्ता र शक्तिको नजिक रहने बानी परिसकेको थियो र अर्को कुरा देउवाले नै उहाँलाई लिफ्ट गरेको कारण पनि नैतिकताका आधारमा उहाँ प्रजातान्त्रिकमै रहनुभयो। तर, हामी संस्थापन कांग्रेसमा रहनेलाई भने उहाँले डडेल्धुरामा रहेका माओवादी लगाएर भए पनि दुस्ख दिन थाल्‍नभयो।ु

पछि मल्लकै कारण डडेल्धुराका कांग्रेसका नेता(कार्यकर्ताहरुले दुस्ख पाएको गुनासो बढ्दै गयो। अन्यसँग मिलेर देउवालाई नै धोका दिन थालेको र देउवालाई नै बदनाम गराउने गतिविधिमा संलग्‍न भएको आरोपसम्म लाग्यो। त्यस समय देउवालाई राजाले थुनामा राखेका थिए। हिरासतमै रहेको समयमा देउवाले रघुवर भट्टलाई भनेर साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न निर्देशन दिए। उक्त निर्देशन अनुसार मल्ल प्रजातान्त्रिक कांग्रेसको सदस्यबाट निष्कासित भए।

उनी पछि गिरिजाले नेतृत्व गरेको संस्थापन कांग्रेससँग जोडिएका थिए। कांग्रेस संस्थापनसँग जोडिए पनि उनले आरजुसँगको सम्बन्धलाई प्रगाढ बनाएका थिए। आरजुकै जोडबलमा देउवाले फेरि मल्ललाई आफ्नो सचिवालयमा भित्र्याए। २०६४ सालमा कांग्रेस प्रजातान्त्रिक र नेपाली कांग्रेसबीच एकतापछि फेरि मल्ल देउवाको सचिवालयमा रहे।

२०६७ सालमा भएको जिल्ला अधिवेशनमा देउवाले रघुवर भट्टलाई पार्टी सभापतिको उम्मेदवार बनाए पनि आरजुको जोडबलमा मल्ल डडेल्धुराको पार्टी सभापतिमा निर्वाचित भए। शेरबहादुर पार्टी सभापतिका लागि सुशील कोइरालासँग प्रतिस्पर्धा गर्दा पनि मल्लले देउवालाई सहयोग गरेका थिए। उनी त्यस समय देउवाको सबै आर्थिक कारोबार हेर्ने गरेका थिए।

२०६९ चैतमा बनेको खिलराज रेग्‍मी नेतृत्वको चुनावी सरकारमा देउवाको कोटाबाट मन्त्री भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री छविराज पन्त बने। पन्तलाई मन्त्री बनाउन मल्लले आर्थिक लाभ लिएको आरोप लाग्‍यो। यो कुरा देउवाले सुनेका थिए। २०७० सालमा भएको संसदीय दलको निर्वाचनका समयमा पनि ुदेउवालाई पैसा चाहिएको छु भन्दै पैसा उठाएको आरोप लाग्‍यो। त्यस समय साँघु साप्ताहिकले पहिलो पृष्ठमा नै ुदेउवाको नाम, कर्ण मल्लको खल्तीमा दामु शीर्षकमा समाचार प्रकाशित भएको थियो। यस समयसम्म पनि देउवाले आफूले हुर्काएको व्यक्ति भन्दै बेवास्ता गरिरहेका थिए। तर, मल्ललाई यस्तो नगर्न भने पटक(पटक चेतावनी गरेका थिए।

२०७१ सालमा सुशील कोइराला नेतृत्वको सरकारमा देउवाको कोटाबाट श्रम राज्यमन्त्री बनेका टेकबहादुर गुरुङबाट पनि मल्लले पैसा उठाएको हल्ला फैलियो। त्यसपछि भने देउवाले उनलाई आफ्नो अगाडि नपर्न चेतावनी दिए। मल्ल पनि विस्तारै टाढिँदै गए। शक्ति, सत्ता र पैसाको बानी परेका मल्लले ०७२ को निर्वाचनमा पनि जिल्ला सभापतिमा आरजुको सहयोग लिएर दोस्रो पटक रघुवर भट्टलाई पराजित गरे।

२०७२ फागुन २० देखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा भएको पार्टीको १३औं महाधिवेशनमा आफूले देउवालाई नै सहयोग गरेको मल्लको दाबी छ। त्यसपछि भने उनी रामचन्द्र पौडेल निकट रहे। रामचन्द्र पौडेल समूहले बोलाएका पार्टी सभापतिका भेलाहरुमा उनी सहभागी हुन थाले। देउवाकै गृहजिल्लाका सभापतिले देउवाको साथ छोडेको भन्दै टिकाटिप्पणी पनि भए।

पौडेल समूहले पनि उनलाई देउवाको गृहजिल्ला भएकै कारण बढी महत्त्व दिन थालेको थियो। २०७४ सालको स्थानीय निर्वाचनमा मल्लले देउवासँग तीन स्थानीय तहमा आफूले भनेका उम्मेदवारलाई टिकट दिनुपर्ने अडान राखेका थिए। तर, पार्टी सभापति रहेका देउवाले पार्टी बिगार्ने र उम्मेदवारबाट पनि पैसा उठाएको हुनसक्ने आशंकापछि मल्लले भनेका उम्मेदवारहरुलाई टिकट दिएनन्।

आफूले भनेका उम्मेदवारहरुले टिकट नपाएपछि मल्लले स्थानीय निर्वाचनमा असहयोग गरे। कांग्रेसलाई हराउन भूमिका खेलेको आरोप उनीमाथि लाग्‍यो। मल्लकै अन्तर्घातका कारण डडेल्धुराका तीन स्थानीय तह अमरगढी, नवदुर्गा, अजयमेरु गाउँपालिकामा कांग्रेसले चुनाव हार्‍यो।

मल्लका कारण तीन पालिकामा कांग्रेस हारेको रिपोर्ट पार्टी सभापति देउवासमक्ष पुग्‍यो। गृहजिल्लाबाट अन्तर्घात गर्नेहरुलाई अनुशासनको कारबाही गर्ने भन्दै सूचीसमेत मगाइयो र देउवाले कारबाहीको तयारी गरेका थिए। तर, तत्कालै संघको निर्वाचन भएका कारण देउवाले आफूलाई पनि असहयोग हुने भयका कारण मल्ललाई प्रदेशसभाको टिकट दिएको डडेल्धुराकै नेता बताउँछन्।

२०७४ को प्रतिनिधि सभामा देउवा निर्वाचित भए भने प्रदेशसभामा मल्ल निर्वाचित भएका थिए। प्रदेशसभामा निर्वाचित भएपछिको पहिलो प्रदेशसभा संसदीय निर्वाचनमा पनि मल्लले अडान राखेपछि निर्वाचन गराउनुपर्‍यो। उनी कैलालीबाट प्रदेशसभा सदस्य बनेका रणबहादुर रावलसँग पराजित भए। मल्लले देउवासँगको दूरी बढाउँदै र बार्गेनिङ गर्दै छुट्टै शक्ति निर्माणको अभ्यास गरिरहेका थिए। यो कुरा देउवालाई चित्त बुझिरहेको थिएन।

२०७८ सालमा भएको पार्टीको सातौं जिल्ला अधिवेशनमा पनि मल्लले बदमासी गरेको आरोप छ। मल्लले सिफारिस गरेका क्रियाशील सदस्यहरुमध्येबाट अधिकांश २०७४ को स्थानीय निर्वाचनमा पार्टीमा उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै कारबाहीका लागि सिफारिस भएका रहेको क्रियाशील सदस्यता छानबिन समितिमा रहेका एक नेताले बताए।

प्रतिक्रिया दिनुहोस