Latest News

वाग्मती प्रदेश भलिवलको अधिवेशनमा विवादः दिपक थापाको प्यानलले गर्यो बन्दसत्र बहिष्कार

Nepalese Times June 29, 2022 (1 Year ago)    1928 Views

सुनिता गौतम

काठमाडौं । वागमती प्रदेश भलिवल संघको अधिवेशन विवादित बनेको छ । विवादका कारण भक्तपुर खेलकुद विकास समितिका अध्यक्ष एवम् भक्तपुर जिल्ला भलिवल संघका उपाध्यक्ष दिपक थापाको प्यानलले बन्द सत्र बहिष्कार गरेको छ ।

थापा संघको अध्यक्ष दाबेदार हुन् । प्रदेश खेलकुदको विधिपूर्वक अधिवेशन हुन नसकेकोले बन्द सत्र बहिष्कार गरिएको थापाले बताएका छन् ।

नेपाल भलिबल संघको केन्द्रिय निर्वाचनअघि जिल्ला तथा प्रदेशको निर्वाचन असार १२ गतेसम्म गर्नुपर्ने समयसीमा थियो । तर, ६ प्रदेश र ७७ वटै जिल्लाको निर्वाचन सकिँदा पनि बाग्मती प्रदेशको निर्वाचन हुन सकेको थिएन ।

जिल्लाको निर्वाचन प्रक्रियागत नभएको भन्दै समिति संयोजकले नै सहभागी नहुने घोषणा गरेका थिए ।

नेपाल भलिबल संघले ७७ वटै जिल्लामा निर्वाचन गराउने अधिकारसहित सातवटै प्रदेशमा संयोजकसहित प्रदेश समिति गठन गरेको थियो । जसअन्तर्गत बाग्मती प्रदेशको संयोजकको जिम्मेवारी भने कुमारराज सुवेदीले पाएका थिए ।

उक्त समितिको अन्य सदस्यमा मनवीर छन्त्याल, सुनकेशरी माली, जुनु पुन, जितेन्द्र श्रेष्ठ र श्रीराम बोगटी छन् । यद्यपि, सुवेदीले जिल्ला निर्वाचन प्रक्रियागत रूपमा नभएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस