Latest News

पदलोलुप र परिवारवादको आरोप लागेपछि वामदेव गौतमले दिए यस्तो प्रतिक्रिया

Nepalese Times June 28, 2022 (1 Year ago)    379 Views

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतममाथि नयाँ पार्टी नबन्दै परिवारबादको आरोप लागेको छ ।

नयाँ पार्टीमा आफ्नो श्रीमती र छोरालाईसमेत केन्द्रीय सदस्य बनाएको भन्दै पत्रकार सम्मेलनअघिदेखि नै उनको आलोचना सुरु भएको थियो । उनले पार्टीमा परिवारबाद हाबी गरेको भन्दै विरोध भइरहेको थियो ।

काठमाडौंमा भएको पत्रकार सम्मेलनमा उनले आफ्नो परिवारका सदस्यले राजनीतिमा लाग्न पाउने स्वतन्त्रता रहेको बताए । लोकतन्त्रमा आफू राजनीतिक दलमा लागेर देशको अवस्था फेर्छु भन्छ भने त्यसमा परिवारबादको कुरा नआउने बताए ।

उनको नयाँ पार्टीमा उनकी श्रीमती तुलसा थापा र छोरा हरिषदेव गौतम अटाएका छन् । थापा नेकपा एमालेकी सांसद रहेकी थिइन् । गौतमले एमाले परित्याग गर्दा थापा भने एमालेमै बसेकी थिइन् ।

‘पार्टीमा हुनुहुन्छ मेरो श्रीमती र छोरा । तर मेरो परिवार कम्युनिष्ट आन्दोलनमा छ’, उनले भने, ‘मेरो, आमा, भाइबैनी सबै जति छन् मेरा सन्तान ती सबै आन्दोलनमा लागेका छन् । आज होइन कठिन परिस्थितिमा आन्दोलनमा थिए ।’

यस्तै गौतमले घोषणा गरेको पार्टीको केन्द्रीय सदस्यमा भक्तपुरका पतिपत्नी नै परेका छन् । ७५ सदस्यीय केन्द्रीय समितिमा भक्तपुरका ३ जना केन्द्रीय सदस्य अटाएका छन् । जसमध्ये दिपेश न्यौपाने र पविता लिम्बु श्रीमान् श्रीमती हुन् । अर्का केन्द्रीय सदस्यमा भने थिमीका डा प्रकाशमान श्रेष्ठ रहेका छन् ।

आफ्नो श्रीमती र छोरालाई समेत केन्द्रीय समितिमा पुर्याएका अध्यक्ष गौतमले भक्तपुरबाट पनि श्रीमान् श्रीमती नै केन्द्रीय सदस्य बनाएका हुन् ।

भक्तपुरको चाँगुनारायण ३ निवासी दिपेश न्यौपाने गत स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट नेपाली काँग्रेस प्रवेश गरेका थिए । त्यस अघि उनी साझा बिबेकशील पार्टीको तर्फबाट प्रदेश सांसदमै उम्मेद्वारी दिएका व्यक्ति हुन् । उनकी श्रीमती लिम्बु भने एक निजी विद्यालयमा शिक्षक छिन् ।

प्रतिक्रिया दिनुहोस