Latest News

वामदेवको नयाँ पार्टीमा परिवारवाद हाबी, अर्का पती–पत्नी पनि बने केन्द्रीय सदस्य

Nepalese Times June 28, 2022 (1 Year ago)    445 Views

काठमाडौं । नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले घोषणा गर्न लागेको पार्टीको केन्द्रीय सदस्यमा भक्तपुरका पतिपत्नी नै परेका छन् ।

७५ सदस्यीय केन्द्रीय समितिमा भक्तपुरका ३ जना केन्द्रीय सदस्य अटाएका छन् । जसमध्ये दिपेश न्यौपाने र पविता लिम्बु श्रीमान् श्रीमती हुन् । अर्का केन्द्रीय सदस्यमा भने थिमीका डा प्रकाशमान श्रेष्ठ रहेका छन् ।

आफ्नो श्रीमती र छोरालाई समेत केन्द्रीय समितिमा पुर्याएका अध्यक्ष गौतमले भक्तपुरबाट पनि श्रीमान् श्रीमती नै केन्द्रीय सदस्य बनाएका हुन् । उनकी पत्नी र छोरा पनि अटाएका छन्। नेकपा एकता राष्ट्रिय अभियानको संयोजकमा गौतम छन् भने सचिवमा डिबी कार्की रहनेछन्।

भक्तपुरको चाँगुनारायण ३ निवासी दिपेश न्यौपाने गत स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट नेपाली काँग्रेस प्रवेश गरेका थिए ।
त्यस अघि उनी साझा बिबेकशील पार्टीको तर्फबाट प्रदेश सांसदमै उम्मेद्वारी दिएका व्यक्ति हुन् । उनकी श्रीमती लिम्बु भने एक निजी विद्यालयमा शिक्षक छिन् ।

यस्तै नेकपा एमालेकी नेतृ अप्सरा उप्रेतीले वामदेव गौतमको नयाँ पार्टीमा नबस्ने बताएकी छिन् । उनले एक विज्ञप्ति सार्वजनिक गर्दै आफू कुनै पनि पार्टीमा नगएको प्रष्ट पारेकी छिन ।

अप्सराले सामाजिक सञ्जाल मार्फत आफू बामदेव गौतमले बनाएको पार्टीको केन्द्रीय कमिटीमा नरहेको बताएकी हुन । बामदेव गौतमको पार्टीको केन्द्रीय कमिटीको सूचीमा धादिङबाट तीन जनाको नाम पर्दा अप्सरा उप्रेतीको पनि परेको थियो ।

नेताहरूले धेरैले चासो राखेको भन्दै उनले आफूले एमाले छाड्ने विषय कल्पना भन्दा बाहिरको भएको बताएकी छिन । एमाले जिल्ला कमिटी धादिङको सदस्य समेत रहेकी अप्सराले नियोजित रूपमा आफ्नो कसैले बद्नाम गरेको बताएकी छिन ।

प्रतिक्रिया दिनुहोस