Latest News

एमालेकी यी नेतृले अस्वीकार गरिन् वामदेवको केन्द्रीय सदस्य

Nepalese Times June 28, 2022 (1 Year ago)    583 Views

काठमाडौं । नेकपा एमालेकी नेतृ अप्सरा उप्रेतीले वामदेव गौतमको नयाँ पार्टीमा नबस्ने बताएकी छिन् । उनले एक विज्ञप्ति सार्वजनिक गर्दै आफू कुनै पनि पार्टीमा नगएको प्रष्ट पारेकी छिन ।

अप्सराले सामाजिक सञ्जाल मार्फत आफू बामदेव गौतमले बनाएको पार्टीको केन्द्रीय कमिटीमा नरहेको बताएकी हुन । बामदेव गौतमको पार्टीको केन्द्रीय कमिटीको सूचीमा धादिङबाट तीन जनाको नाम पर्दा अप्सरा उप्रेतीको पनि परेको थियो ।

नेताहरूले धेरैले चासो राखेको भन्दै उनले आफूले एमाले छाड्ने विषय कल्पना भन्दा बाहिरको भएको बताएकी छिन ।

एमाले जिल्ला कमिटी धादिङको सदस्य समेत रहेकी अप्सराले नियोजित रूपमा आफ्नो कसैले बद्नाम गरेको बताएकी छिन । उनको सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएको स्पष्टिकरण यस्तो रहेको छ ।

उनले भनेकि छिन्, ‘आज बिहान विभिन्न सामाजिक संजालमा बामदेव गौतम नेतृत्वको नयाँ पार्टीमा मेरो नाम जोडिएको आएको जानकारी विभिन्न नेताहरुमार्फत् पाएँ । मलाई बदनाम बनाउने उद्देश्यका साथ मेरो नाम उक्त पार्टीसँग जोडिएको हुँदा यसप्रति म गम्भीर आपत्ति जनाउँदछु ।’

उनले लेखेकी छिन्, ‘मेरो नाम उक्त पार्टीमा कसरी आयो भन्ने कुरा मलाईसमेत थाहा छैन १ म हिजो पनि नेपका एमालेको जिम्मेवार नेतृ हो र आज पनि नेकपा एमालेकै नेतृ हो । कसैले नियोजित रुपमा मेरो नाम दुरुपयोग गरेर फसाइएको छ । नेकपा एमालेका आम नेताकार्यकर्ताहरुमा यो जानकारी गराउन चहान्छु।’

 

प्रतिक्रिया दिनुहोस