Latest News

नयाँ पार्टी घोषणा हुन नपाउँदै वामदेव गौतममाथि लाग्यो गम्भीर आरोप

Nepalese Times June 28, 2022 (1 Year ago)    488 Views

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले औपचारिक रुपमै पार्टी घोषणा गर्ने भएका छन् । उनले राजनीतिक दलको रुपमा नै पार्टी घोषणा गर्न लागेका हुन् । आज दिउँसो रिपोटर्स क्लवमा एक कार्यक्रमको आयोजना गरेर उनले पार्टी घोषणा गर्न लागेका हुन् ।

जसमा गौतमपत्नी तुल्सी तुलसा थापा र छोरा हरिषदेव गौतम पनि केन्द्रीय सदस्य रहेका छन् । प्राप्त केन्द्रीय समिति सदस्यको सूचीअनुसार प्रतिनिधिसभा सदस्य समेत रहेकी थापालाई केन्द्रीय कमिटी सदस्यको दोस्रो नम्बरमा राखिएको छ ।

पार्टीको स्थापनाको सुरुवातमै आफ्नै श्रीमति र छोरालाई यति ठुलो जिम्बेवारी दिएपछि बामदेव गौतमलाई फरियावादको आरोप लाग्न थालेको हो।

नेपाली कम्युनिष्ट आन्दोलन र कम्युनिष्ट पार्टीहरुमा पछिल्लो समय नातावाद कृपावाद र फरियावादको आरोप लाग्दै आउदा बामदेवले त्यसैको निरन्तरता दिएको भन्ने पनि चर्चा हुन थालिसकेको छ। यस्तै गौतमका छोराको नाम केन्द्रीय कमिटी सदस्यको पाचौँ नम्बरमा छ ।

केही दिन अगाडी मात्रै उनले ललितपुरको सिद्धार्थ कटेजमा राष्ट्रिय भेला गरेर पार्टी घोषणा गरेर जाने निर्णय लिएका थिए । बामदेवको पार्टीमा उनले चलाईरहेको एकता राष्ट्रिय अभियान सहित ६ वटा समुह आवदता रहने प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए ।

बामदेवको घोषणा हुन लागेको पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (एकता राष्ट्रिय अभियान) हुनेछ । तत्काललाई ६९ जनाको केन्द्रीय समिति बनाउने र केन्द्रीय समितिको नाम पनि आजको कार्यक्रमबाटै घोषणा गरिनेछ ।

७७ वटै जिल्लाका अध्यक्षलाई केन्द्रीय समितिमा पदेन सदस्यका रुपमा सहभागी गराइनेछ । पार्टी विस्तारका क्रममा केन्द्रीय समिति थप विस्तार हुने प्रचार विभाग प्रमुख पाण्डेले बताए ।

यो पार्टीमा निर्वाचन आयोगमा यस अगाडी दर्ता भइसकेका तीन वटा पार्टीहरु समाजवादी केन्द्र, आधुनिक नेपाल समाजवादी पार्टी र नेकपवा राष्ट्रवादी पार्टी सम्मिलित हुनेछन् ।

त्यसैगरी आम नेपाली पार्टी र स्वतन्त्र बामपन्थी समुह पनि सहभागी हुने गरी पार्टीको घोषणा गर्न लागिएको पाण्डेले बताए । यसले केन्द्रीय समिति, सल्लाहकार समिति, सचिवालय र अन्य वामपन्थी पार्टीहरुसग वार्ता र सम्वादका लागि वार्ता समिति पनि आजै घोषणा गर्नेछ ।

बामदेवको पार्टीमा श्रीमती, छोरा र स्वकिय सचिव सम्म सवै रहनेछन् । वामदेवको नयाँ दल नेकपा एकता राष्ट्रिय अभियानको संयोजकमा गौतम नै रहने भएका छन् भने पदाधिकारीमा डिबी कार्की सचिव रहनेछन् ।

 

प्रतिक्रिया दिनुहोस