Latest News

धरानका जनताले मेटाउने भए तिर्खा, हर्क सामपाङको यस्तो कामले चौतर्फी प्रशंसा

Nepalese Times June 28, 2022 (2 Year ago)    501 Views

काठमाडाैं । सप्तकोशी नदीको पानी धरान पुर्‍याएर काकाकुल सहर धरानको तिर्खा मेटाउने लक्ष्यका साथ अध्ययन कार्य सुरु भएको छ।

संघीय सरकारको खानेपानी मन्त्रालय अन्तर्गत खानेपानी तथा ढल व्यवस्थापन विभागमार्फत कोशीका पानी धरान पुर्‍याउने गरि अध्ययन सुरु गरेको हो।

सम्भाव्यता अध्ययनबाट कोशीको पानी धरान लैजान सम्भव देखिएपछि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) सुरु गरिएको विभागका आयोजना प्रमुख बालमुकुन्द श्रेष्ठले जानकारी दिए।

उनका अनुसार डिपिआरको लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट भारतीय परामर्शदाता कम्पनी इण्डिया वापकोस लिमिटेड छनौट भएको छ। साथै, नेपालको सिम्याट कम्पनी पनि परामर्शदाताकोरुपमा रहेको छ।

सम्भाव्यता अध्ययन पहिला नै भइसकेको कारण अबको अध्ययन कति महंगो पर्छ भन्नेमा केन्द्रित हुनेछ भने वातावरणमा पर्ने प्रभावबारे पनि अध्ययन हुने आयोजना प्रमुख श्रेष्ठले बताए।

‘सम्भाव्यता अध्ययन भइसकेको छ। अब कति महंगो पर्छ भन्ने मात्र हो,’उनले भने,‘वातावरणीय अध्ययन पनि गछौं। वातावरणमा के के प्रभाव पर्छ, त्यसलाई कम गर्न के गर्नुपर्छ भन्ने पनि अध्ययन हुदैछ।’ यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस