Latest News

आज २०७९ साल आषाढ १४ गते मंगलवारको राशिफल हेर्नुहोस्

Nepalese Times June 28, 2022 (1 Year ago)    436 Views

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । लाभदायक नसोचेको ठाउँ बाट धन हात पर्नेछ । शुभारम्भको चर्चा पनि चल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । छोटो यात्राको सम्भावनालाई नकार्न पनि सकिँदैन ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । पारिवारिक सुख मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज परिवारजनको साथ र सहयोगले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) दबाब र तनाव बढेको महसुस हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । सन्तान पक्षको मायामा कमी आउने छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) विवाद र प्रतिस्पर्धामा सफलता मिल्नेछ । धार्मिक कार्यमा सरिक हुने सम्भावना छ । शेयर बजारको लगानीले पनि राम्रै फाइदा दिनसक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । आफन्त सँग मनमुटाव बढ्ला र सामान हराउन सक्नेछ अतः सचेत रहनु उचित होला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज शुभकार्यको चर्चा चल्नेछ र मनमा शान्ति छाउनेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बोलेको कुरा पुर्‍याउन नसक्दा सहकर्मी तथा आफन्तबाट तपाईंको आलोचना हुनेछ, तर जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

– ज्यो.प. नारायणप्रसाद दुलालको सहयोगमा हाम्रोपात्रो डटकमबाट

प्रतिक्रिया दिनुहोस