Latest News

१ लाख ८३ हजार मासिक तलब दिनेगरी जापानमा रोजगारीको अवसर

Nepalese Times June 25, 2022 (1 Year ago)    368 Views

काठमाडौं । जापानको कम्पनीमा नेपाली कामदारहरुको माग भएको छ । नागाकुबो कुमुतेन कम्पनीमा विभिन्न पदका लागि नेपाली कामदारको माग भएको हो ।

सार्वजनिक गरिएको सूचना अनुसार ८ जना माग भएकोमा उनीहरुले मासिक १ लाख ८३ हजार २ सय २९ रुपैयाँ तलब पाउनेछन् ।

कामदारले हरेक दिन ८ घण्टा काम गर्नुपर्ने छ भने ओभरटाईम कम्पनीको नियम अनुसार हुनेछ । कम्पनीका अनुसार कामदारले हप्तामा ५ दिन काम गर्नुपर्ने हुन्छ भने कम्पनीको नियम अनुसार वार्षिक विदाकोसमेत व्यवस्था रहेको छ ।

सो कम्पनीमा बस्ने सुविधा छ भने खानाको व्यवस्थापन भने कामदार आफैंले गर्नुपर्ने हुन्छ । कामदारले काम गर्न पाउने अवधि ३ वर्षको हुनेछ ।

जापानका काम गर्न जानेहरुले यहि असार १६ गने काठमाडौंमा अन्तर्वार्ता दिनुपर्नेछ ।

कम्पनीका अनुसार स्वदेशमा गर्नुपर्ने मेडिकल शुल्क कामदार आफैंले तिर्नुपर्ने हुन्छ भने विदेशमा गर्ने मेडिकल शुल्क रोजगारदाता कम्पनीले तिर्नेछ ।

कामदारलाई हवाई टिकट रोजगारदाताले व्यवस्था गर्नेछ भने भिसा शुल्क कामदारले तिर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

यस्तो छ सार्वजनिक भएको सूचना

======

=====

प्रतिक्रिया दिनुहोस