Latest News

जेलभित्रै छोरा जन्मिएपछि प्रधानमन्त्री देउवा तनावमा, बालुवाटारमा खैलाबैला !

Nepalese Times June 24, 2022 (1 Year ago)    2329 Views

काठमाडौं । बैंकिङ कसुरमा जेल सजाय खेपिरहेकी एक महिलाले बच्चा जन्माएपछि प्रधानमन्त्री निवास बालुवाटारमा खैलाबैला मच्चिएको छ । जन्मिएको बच्चाको बाबु प्रधानमन्त्री शेरबहादुर देउवा निकट डडेलधुराका एक नेता रहेको खुलेको छ ।

बाँकेको जानकी गाउँपालिका ४ खुद्रा खजुराकी अविवाहित एक महिलाले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गत असार ६ गते छोरा जन्माएकी हुन् ।

जेलमै बेथा लागेपछि उनलाई अस्पताल पुर्‍याइएको थियो । मोनिका ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लमहीकी फिल्ड सहायक हुन् । डडेल्धुराका रघुवर भट्टसँग सहमतिमा राखेको सम्बन्धबाट बच्चा जन्मिएको उनको भनाइ छ ।

ति महिलालाई संस्थाले रकम हिनामिना गरेको भन्दै पदबाट निलम्बन गर्नुका साथै बैंकिङ कसुरमा मुद्दा दायर गरेको थियो । त्यसपछि अदालतमा कानूनी प्रक्रिया चल्दै गर्दा उनी बहिनीसँग काठमाडौं बस्न थालिन् ।

काठमाडौं बसाइका क्रममा सानैदेखि चिनजान भएका डडेल्धुराका रघुवर भट्टसँग गएको वैशाख–जेठबाट फेसबुकमा कुराकानी सुरु भएको मोनिकाको भनाइ छ ।

मोनिकाका अनुसार उनीहरूले दिनहुँजसो सहमतिमै काठमाडौंका विभिन्न होटलमा शारीरिक सम्बन्ध राखेका थिए । बाबु उमेरका रघुवरसँग प्रेममा पर्दा मोनिकालाई उनी विवाहित र सन्तानका बाबु हुन् भन्ने थाहा नभएको होइन । त्यसका बाबजुद पनि उनले कुनै सचेतता अपनाइनन् ।

गत असोजमा मोनिकाले आफू गर्भवती भएको थाहा पाइन् । त्यसपछि रघुवरले आफूसँग भेटघाट बन्द गरेको उनको भनाइ छ । रघुवरले एबोर्सन गर्न दिएको दबाब पनि पन्छाउँदै मोनिकाले पेटमा गर्भ हुर्काएकी थिइन् ।

जेल बसाइकै क्रममा मोनिकालाई बेथा लागेपछि कारागार प्रशासनले असार ६ गते बेलुकी राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगेर भर्ना गर्‍यो । उनले सोही राती ९ः०४ बजे छोरा जन्माइन् । शल्यक्रिया गरेर उनको बच्चा निकालिएको थियो ।

छोरा जन्मेपछि अस्पतालको शैयाबाट रघुवरलाई ‘तपाईँको छोरा जन्माएँ’ भनेर खबर सुनाइन् । तर, रघुवरले ‘तँ को हो ? म चिन्दैन’ भनेर जवाफ फर्काएको उनको भनाइ छ ।

डडेल्धुराको अमरगढी नगरपालिका खलंगाका स्थायी बासिन्दा रघुवर भट्ट डडेल्धुरा कांग्रेसका प्रभावशाली नेता हुन् । उनी काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्र मानिन्छन् ।

भट्ट २०५६ देखी ०५९ सम्म डडेल्धुरा कांग्रेसको कार्यवाहक सभापति थिए भने २०५९ देखी लगातार ०६६ सम्म सभापति बनेर डडेल्धुरा कांग्रेसको नेतृत्व गरेका थिए ।

उनको घरमा श्रीमती, दुई छोरा र दुई छोरी छन् । उनको एउटा छोरी २०७४ सालको स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएकी थिइन् ।

रघुवर भने क्षेत्र नम्बर १ ‘क’मा प्रदेशसभा सदस्यमा पराजित भएका थिए । उनी अहिले कांग्रेसको सुदूरपश्चिम प्रदेश समिति सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस