Latest News

निर्वाचन आयोगले तोक्यो प्रतिनिधिसभा निर्वाचनको मिति !

Nepalese Times June 24, 2022 (2 Year ago)    674 Views

काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मिति तोकेको छ । एकै चरणमा गर्ने भए कात्तिक ३० गते तोक्नेगरी निर्वाचन आयोगले अनौपचारिक प्रस्ताव पठाएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले बताए ।

काठमाडौं महानगरपालिकाको नगरसभामा बोल्दै उनले दुई चरणमा गर्ने भए कात्तिक २८ र मंसिर ३ गतेको मिति प्रस्ताव भएको बताएका हुन् ।

दुई चरणमा गर्ने भए कात्तिक २८ र मंसिर ३ गते गर्ने भन्ने अनौपचारिक प्रस्ताव पठाइसकेको उनले बताए । एकै चरणमा गर्ने भए कात्तिक ३० गते देशैभरि चुनाव गर्ने भनिसकेको र अब निर्वाचन धेरै टाढा नभएको पाँच महिनाभित्र चुनाव हुने उनले बताए ।

यस्तै श्रेष्ठले जनताको समस्यालाई सक्दो छिटो समाधान गरी स्थानीय सरकार भएको अनुभूति दिलाउन काठमाडौँ महानगरपालिकालाई आग्रह गरेका छन् ।

मन्त्री श्रेष्ठले नवनिर्वाचित जनप्रतिनिधिले जनताको मन जित्ने गरी नयाँ ढङ्गले काम गर्नेमा आफू ढुक्क रहेको बताए ।

काठमाडौँ उपत्यका सांस्कृतिक सम्पदाको प्रतीक रहेकाले त्यसको संरक्षणमा अभिभावकत्व गर्नु कामपाको दायित्व भएको उल्लेख गर्दै उनले भने, ‘देशको ठूलो र मुख्य कामपा रहेकाले अन्य स्थानीय तहलाई प्रेरणा मिल्ने गरी काम गर्नुपर्छ ।’

युवा जोशले मात्र विकास नहुने भन्दै उहाँले जोशमा होस पु¥याएर समय सुहाउँदो र आवश्यकतानुसार जनतासँग सरोकार राख्ने विकासका काम गर्न मन्त्री श्रेष्ठले नगरसभाका सबै सदस्यलाई आग्रह गरे ।

कामपा उपप्रमुख सुनीता डङ्गोलले आगामी आर्थिक वर्षका लागि रु २५ अर्ब बढीको बजेट प्रस्तुत गर्नुभएको थियो । आज प्रस्तुत भएको बजेट माथि यही असार १७ गते शुक्रबार छलफल हुने कार्यतालिका रहेको छ ।

======

प्रतिक्रिया दिनुहोस