Latest News

तीन करोड ठगी गरेको रवि लामिछानेमाथि आरोप, यी व्यक्ति प्रमाणसहित आए मिडियामा

Nepalese Times June 24, 2022 (1 Year ago)    857 Views

काठमाडौं । सञ्चार पेशा छाडेर ‘नेपाल स्वतन्त्र पार्टी’ घोषणा गरेका रवि लामिछानेले तीन करोड बढी ठगी गरेको आरोप लागेको छ ।

लामिछानेले न्युज २४ टेलिभिजनमा हुँदै रियालिटी शो ‘द लिडर’ प्रशारण गर्ने घोषणा गरेका थिए । न्युज २४ छाडेर लामिछानेले २०७७ फागुन ११ गते ग्यालेक्सी फोरके टेलिभिजन ल्याउने घोषणा गरे । उक्त कार्यक्रम पनि ग्यालेक्सी फोरकेबाटै प्रशाण हुने बताइएको थियो ।

‘द लिडर’को अडिसन सात वटै प्रदेश र विदेशमा बस्ने नेपालीहरुको लागि खुलाइएको थियो । ‘एसआरबिएन’ मिडियाले उक्त कार्यक्रमको पहिलो अडिसन चितवनमा हुने सार्वजनिक सूचनासमेत जारी गरेको थियो । तर, अहिलेसम्म उक्त रियालिटी शो प्रशारण नभएको र शोमा सहभागी हुन आवेदन दिएकाहरुबाट लामिछानेले तीन करोड बढी गठी गरेको आरोप लगोको हो ।

कैलालीको जानकी गाउँपालिका–५ का आदित्य न्यौपानेले सामाजिक सञ्जालमा एउटा स्टाटस लेखेर लामिछानेसँग हिसाब मागेका छन् ।लामिछानेको त्यतिबेलाको भनाइ उद्धृत गर्दै न्यौपानेले भनेका छन्– ‘समाज र वर्तमान पुस्ताले सोचेको अनि खोजेको नेतृत्व ल्याउन यसले महत्वपूर्ण भूमिका खेल्ने भनेर लामिछानेले सार्वजनिक रुपमा भनेका थिए ।’

नाम दर्ताको निम्ति एक हजार रुपैयाँ तिरेर फारम भरेको न्यौपानले बताएका छन् । उनले लेखेका छन्, ‘लामिछानेले नयाँ कार्यक्रम ल्याउने सुनेपछि फाराम भर्नेको भीड थामिनसक्नु भयो । तर, अहिलेसम्म न कार्यक्रम सञ्चालनमा आयो, न हजार रुपैयाँ नै फिर्ता पाएँ ।’

न्युज २४ छाडेर ग्यालेक्सीमा गएपछि फोन सम्पर्क गरेको न्यौपानेले बताएका छन् । आफूले पटक पटकको फोन सम्पर्कमा ‘हामीलाई थाहा छैन’ भन्ने जवाफ पाएको उनको भनाइ छ । उनले आफ्नो मात्रै नभइ हजारौं युवाको पैसा डुबेको बताएका छन् ।

न्यौपानेले लेख्छन्( ‘आजभन्दा करिब दुई वर्षअगाडि रवि लामिछाने न्युज २४ मा छँद द लिडर कार्यक्रम गर्ने भनेर उद्घोष गर्नुभयो । सोहीअनुसार मैले आफ्नो नाम रजिस्टर गरेँ । तर १००० रूपैयाँ तिर्नुपर्न रैछ, त्यो नि गरें । आजसम्म उक्त कार्यक्रम सञ्चालनमा आएको छैन । रवि लामिछानेले ग्यालेक्सी फोरके नि छाड्नुभएछ । ग्यालेक्सी फोरकेमा फोन गर्दा हामीलाई केही थाहा छैन भन्नुभयो ।’

रवि लामिछाने र उनको समूहले चलाखीपूर्ण तरिकाले पैसा बुझेको रसिदसमेत नदिएको उनको आरोप छ । नामको पछाडि लाग्दा पैसा डुबेकोमा उनले अहिले आएर दुःख मनाउ गरेका हुन् ।

उनले अगाडि लेखेका छन्– ‘मेरो रजिस्ट्रेसन नम्बर ३०४७१ हो । अर्थात् ३०४७१×१०००। ३०४७१००० रकम हुन आउँछ । मभन्दा पछाडि नि सायद हजारौंले नाम दर्ता गराएका होलान् । अब हामी सबैको पैसाको जिम्मा कसले लिने रु तर यहाँनिर एउटा चलाखी रवि लामिछानेले गर्नुभयो । पैसा बुझाएको प्रमाण कतै दिइएन । रजिस्ट्रेसन नम्बर मात्र दिनुभयो । रवि लामिछाने नाम नै काफी थियो, त्यही भएर कुनै शंका लागेन । तर अहिले न कार्यक्रम हुँदैछ न त पैसा फिर्ता ।’

उनले भनेजस्तो ३० हजारभन्दा बढी मानिसले हजार रूपैयाँ तिरेर रजिस्ट्रेसन गरेका हुन् भने तीन करोडभन्दा बढी रकम आयोजकले उठाएको देखिन्छ । ‘द लिडर’ कार्यक्रमका प्रस्तोता लामिछानेले सञ्चालन गर्ने पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराई, पूर्व प्रधानन्यायाधिश सुशीला कार्की, पूर्व पत्रकार तथा नेता रविन्द्र मिश्रलगायत ५ जना निर्णायकमा रहने घोषणा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस