Latest News

सुजाता कोइरालालाई पनि मन्त्री पदमा सपथ ग्रहण गराउने देउवाको तयारी, कुन मन्त्रालय सम्हाल्दै ?

Nepalese Times June 24, 2022 (2 Year ago)    631 Views

काठमाडौं । नेकपा एकीकृत समाजवादीले नयाँ मन्त्रीहरुको नाम सिफारिस गरेको भएपनि प्रधानमन्त्री शेरबहादुर देउवाले त्यसलाई रोकेर राखेका छन् ।

नेकपा माओवादी केन्द्र, जसपा, नेपाली कांग्रेस सबै सत्तारुढ दलहरुबाट एकैचोटी मन्त्री हेरफेरको तयारीसहित देउवाले केही दिनका लागि एकीकृत समाजवादीबाट सिफारिस भएका मन्त्रीहरुले सपथ रोकेका हुन् ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा पराजित भएसँगै रक्षामन्त्रीबाट मिनेन्द्र रिजालले राजीनामा दिएसँगै त्यो ठाउँमा प्रधानमन्त्री देउवाले कसलाई नियुक्ति गर्लान् भन्ने आम चासोको रुपमा हेरिएको छ ।

१४ औँ महाधिवेशनमा आफ्नै दाई शेखर कोइरालाको साथ छाडेर देउवा क्याम्पतिर लागेका सुजता कोइरालालाई रक्षामन्त्री बनाउने तयारी भएको प्रधानमन्त्री देउवा निकट स्रोतले जनाएको छ ।

कांग्रेस महाधिवेशनमा प्रकाशमान सिंहको प्यानलबाट उपसभापतिमा उम्मेदवार बनेर पराजित बनेकी उनले दोस्रो चरणमा सभापतिमा देउवालाई सघाएकी थिइन् । त्यसकै गुन तिर्दै देउवाले उनलाई रक्षा मन्त्रालयको जिम्मेवारी दिन लागेका हुन् ।

यस्तै नेकपा एकीकृत समाजवादीको तर्फबाट सहरी विकासमन्त्रीमा सिफारिस भएका सांसद मेटमणि चौधरीले अबको केी घण्टामा मन्त्री पदको शपथ ग्रहण गरिसक्ने बताएका छन् ।

प्रतिनिधि सभाको बैठकका लागि नयाँ बानेश्वरमा रहेको संसद् भवनमा पुगेका सांसद चौधरीले सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री पदको शपथ ग्रहण बिहीवारसम्ममा गरिसक्ने बताए ।

आज नै शपथ ग्रहण हुन सक्ने सम्भावना रहेको भन्दै सांसद चौधरीले पार्टीले गरेको निर्णय कार्यान्वयन हुने बताए ।

उनले भने, ‘पार्टीले निर्णय गर्‍यो । निर्णय गरिसकेपछि कार्यान्वयन हुन्छ । तर हामी पाँच दलीय गठबन्धनभित्रकै एउटा दल हो । हामीले शपथ ग्रहण गर्ने समय राख्दा जसपाका साथीहरूले पार्टीभित्रको आन्तरिक समस्या सम्बोधनका लागि आफूहरूलाई केही समय चाहिन्छ भनेपछि केही समय ढिला मात्रै भएको हो । मन्त्री त सम्भवतः आज नभए भोलिसम्म फाइनल हुन्छ । आज भएन भने शपथ ग्रहण भोलि पक्कै हुन्छ ।’

सांसद चौधरीले माओवादी केन्द्र र नेपाली कांग्रेसलाई पनि मन्त्री हेरफेर गर्ने दबाब रहेको भन्दै सबै पार्टीले एकै पटक शपथ गराउनका लागि समय पछि सार्न पार्टी अध्यक्ष माधवकुमार नेपाल पनि सहमत भएको बताए ।

प्रतिक्रिया दिनुहोस