Latest News

रेनुले सार्वजनिक गरिन् अर्को नयाँ योजना, चितवनवासी खुसी

Nepalese Times June 22, 2022 (2 Year ago)    394 Views

काठमाडौं ।भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगर क्षेत्रभित्र छिट्टै ७ हजार ५ सय स्मार्ट सडक बत्ती जडान सम्पन्न हुने बताएकी छन् ।

चितवन उद्योग संघले मंगलबार आयोजना गरेको प्रमुख तथा उप–प्रमुखलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै प्रमुख दाहालले सो कुरा बताएकी हुन् ।

प्रमुख दाहालले नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको सहकार्यमा २ सय ५० किलोमिटर सडकमा ७ हजार ५ सय स्मार्ट सडक बत्ती जडान कार्य भइरहेको जानकारी दिइन् ।

महानगरको आगामी विकास निर्माणका विषयमा विषयगत क्षेत्रसँग गहन छलफल चलिरहेको उल्लेख गरिन् । प्रमुख दाहालले व्यवसाय र घरबाहाल करलाई व्यवस्थित बनाउन चितवन उद्योग संघलाई आग्रह गरिन् । करको दायरालाई व्यवस्थित गर्ने सवालमा सबैलाई एकै ठाउँमा उभिन पनि प्रमुख दाहालले आग्रह गरिन् ।

कार्यक्रममा संघले भरतपुर महानगरपालिकाको समृद्ध विकासको लागि केही नीतिगत सुझावहरु समेत दिएको छ । संघले औद्योगिक ग्राम स्थापना र नेपालकै पहिलो औधोगिक पाठशालालाई सहयोग गर्नुपर्ने, सडकमा भएका बिजुलीका तार र टेलिफोनका तारहरुलाइ संरक्षण गर्न महानगरको ध्यानाकर्षण गराएको छ ।

त्यस्तै हाटबजारमा स्थानीय उत्पादनले प्राथमिकता पाउनुपर्ने, महानगरको वेभ पोर्टलमा स्थानीय उत्पादनको बारेमा तथ्यांक राख्ने वातावरण मिलाउने लगायतका विषयमा महानगरले सहयोग गर्न संघले आग्रह गरेको छ ।

कार्यक्रममा महानगर शैक्षिक महाशाखाका प्रमुख महेन्द्र पौडेल, भरतपुर १० का वडा अध्यक्ष परमेश्‍वर खनाल, भरतपुर–१२ का वडा अध्यक्ष लेखराज पन्त, भरतपुर–१५ का वडा अध्यक्ष श्रीकृष्ण देवकोटा र भरतपुर–२६ का वडा अध्यक्ष ज्ञानप्रसाद खनालको उपस्थिति रहेको थियोे ।

 

प्रतिक्रिया दिनुहोस