Latest News

रवि लामिछानेले किन खोले नयाँ पार्टी ? गरे यस्तो खुलासा

Nepalese Times June 21, 2022 (2 Year ago)    673 Views

काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन्। राष्ट्रिय सभागृहबाट उनले नयाँ दल दर्ता गरेको घोषणा गर्दै नयाँ राजनीतिक दल दर्ता गरेको राष्ट्रिय स्वतन्त्र पार्टी राखेको बताए ।

उनले दलको नाम तीन पटक उच्चारण गरेका थिए। उनले घोषणाका क्रममा देशभरबाट समानुपातिक भोट संकलन गर्नुपर्ने भएकोले पार्टी घोषणा गरेको बताए।

लामिछानेले स्वतन्त्र अभियानमा रहेकाहरुलाई आफ्नो पार्टीमा आवद्ध भएर उम्मेदवारी घोषणा गर्न पनि आग्रह गरे। उनले त्यसक्रममा आफैंले नेतृत्व गरेर निर्वाचन आयोगमा दर्ता गराएको उनले बताएका छन्।

लामिछानेले दलमा आउनेहरुलाई स्वागत गरिने बताए। क्षमतावान व्यक्तिहरुलाई, स्वतन्त्र उम्मेदवार भएकालाई खुला हृदयले स्वागत गर्न चाहेको उनले बताए।

सञ्चारकर्म छाडेर राजनीतिमा लागेका रवि लामिछाने आफू व्यवस्था बदल्न नभइ, नागरिकको अवस्था बदल्न राजनीतिमा आएको घोषणा गरेका छन् ।

काठमाडौंको राष्ट्रिय सभा गृहमा एक कार्यक्रम गरेर उनले आफू ठूलो काम गर्न नभई आम मान्छेका ससाना समस्या समाधानका लागि राजनीतिमा लागेको स्पष्ट पारे ।

आफू भएका दलहरुले नागरिकको आशा विपरीत काम गरेको, जनमत गुमाउँदा पनि एउटाले अर्कोसँग, अर्कोले अर्कोसँग गठबन्धन गरेर सत्तामा रहने प्रपञ्च गरिरहेको आरोप उनले लगाए ।

पार्टीको मुख्य नेतृत्वमा रवि रहनेछन् भने अन्य पदाधिकारीहरूको विषयमा पनि छलफल भइरहेको छ । रविले काठमाडौंको बालाजुमा आफ्नो कार्यालय स्थापना गरिसकेका छन् । ग्यालेक्सी टेलिभिजनबाट राजीनामा दिएपछि उनले यो कार्यालय खोलेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस