Latest News

वामदेव गौतमले गरे यस्ता दुई प्रस्ताव, के गर्ला देउवा सरकार ?

Nepalese Times June 20, 2022 (2 Year ago)    430 Views

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले कृषि उत्पादन बढाउन र समाजवादतर्फ जान कृषिको माध्यम अपनाउनुपर्ने बताएका छन् ।

सोमबारको राष्ट्रियसभा बैठकमा बोल्दै नेता गौतमले साँच्चिकै समाजवाद निर्माण गर्ने भए कृषि क्षेत्रमा ध्यान केन्द्रीत गर्नुपर्ने भन्दै त्यसका लागि सरकारले दुईवटा काम गर्नसक्नुपर्ने बताए ।

‘साँच्चिकै समाजवाद निर्माण गर्ने भए कृषि क्षेत्रमा ध्यान केन्द्रित गरौ’, गौतमले भने, ‘औद्योगीकरण पनि त्यसैबाट हुन्छ,पर्यटनको विकास पनि त्यसैबाट हुन्छ ।’ उनले त्यो कृषियोग्य जमिन केन्द्रले नै परिचालन गर्नेगरी सरकारले चलन चल्तीको मूल्य दिएर किन्नुपर्ने बताए ।

‘२६ लाख हेक्टर कृषि जमिन छ त्यो जमिन सरकारले किनोस् । मेरो विचारमा ४ सय खर्बको मूल्यमा त्यो जमिन प्राप्त गर्न सकिन्छ’, गौतमले त्यसरी सरकारले लिएको जमिनमा ठुलठुला कृषि फार्म निर्माण गर्न सकिने बताए ।

गौतमले अर्को विकल्प पनि अघि सारे । ‘त्यसो होइन भने सम्पूर्ण जमिन स्थानीय तहलाई प्रदान गरौं र सामूहिक उत्पादनमा होमौँ’, पूर्व उपप्रधानमन्त्री समेत रहेका गौतमको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस