काठमाडौं । सशस्त्र प्रहरी बलका ३७ नायव उपरीक्षक (डीएसपी)लाई उपरीक्षक (एसपी)मा बढुवा गर्न सिफारिस गरिएको छ।आइतबारको बसेको बढुवा समितिको बैठकले ३७ डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको हो।
सिफारिस भएका नामका सम्बन्धमा सात दिन भित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्ने छन्। बढुवा सिफारिसहुनेहरुमा एक नम्बरमा टोपबहादुर डाँगी रहेका छन् भने अन्तिममा पुरनचन्द्र भट्ट छन् ।
सशस्त्र प्रहरीको मुख्यालय हल्चोकले गत २० जेठमा रिक्त रहेको एसपीमा बढुवाका लागि सूचना निकालेको थियो । बढुवा समितिका सदस्य सचिव सशस्त्र नायब महानिरीक्षक बिदुर खडकाले सूचना निकालेका थिए।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई शक्ति केन्द्रको चर्को दवाब आएपछी बढुवामा केही दिन ढिलाई भएको हो । यसपटक बढुवा सिफारिसमा महानिरीक्षक अर्यालले चाहेर पनि केही अधिकृत भने छुटेका छन् ।
बढुवाका लागि सिसम ३ मा तेस्रो लटमा डिएसपीमा बढुवा भएका माओवादी अध्यक्ष प्रचण्डको नातेदार दावी गर्ने डिएसपी दर्शन गिरी,लोकेन्द्र भट्ट,चेतराज जोशी र बासुदेव लोहनीले जोडबल गरेका थिए ।
===========
========
==============