Latest News

नेपाली कांग्रेस (बिपी) का केन्द्रीय नेताहरू राप्रपामा प्रवेश, अध्यक्ष लिङ्देनले गरे स्वागत

Nepalese Times June 19, 2022 (2 Year ago)    618 Views

काठमाडौं । नेपाली कांग्रेस बिपीका केन्द्रीय नेताहरू राप्रपामा प्रवेश गरेका छन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्ष सुदर्शन सिटौला, सह महामन्त्री दिपक कार्की सहित केन्द्रीय नेताहरूलाई राप्रपामा प्रवेश गराएका हुन् ।

साथै केन्द्रीय सदस्यहरु गोपाल श्रेष्ठ, ध्रुब थापा, झविन्द्रराज आचार्य, गोपाल सापकोटा, सीता बस्नेत, सुशील कुमार कार्की, विनोद हमाल, प्रकाश ज्ञवाली, लोकबहादुर कार्की लगायत दुई दर्जन नेताहरू साथै नेपाली कांग्रेस धुलिखेलका नेता इन्जिनियर रञ्जीब श्रेष्ठ सहित सामाजिक जीवनका विभिन्न व्यक्तित्वहरु राप्रपामा प्रवेश गरेका छन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नवप्रवेशीलाई पार्टीको सदस्यता प्रदान गर्दै स्वागत गरे ।

संक्षिप्त समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देश र धर्मको जोगाउने राप्रपाको अभियानमा समाहित हुनुहुने सबैको जीवनको सर्वेोत्तम निर्णय भएको र राप्रपा प्रतिको विश्वासलाई पश्चातापमा बदल्ने दिन कहिल्यै आउन नदिने बताए ।

प्रतिक्रिया दिनुहोस