Latest News

सिके राउत जेल गए, कारण यस्तो

Nepalese Times June 18, 2022 (2 Year ago)    527 Views

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा सिके राउतले डिल्लीबजार कारागार पुगेका छन् ।

आफ्ना पार्टीका अर्का एक नेतासहित बिहीबार कारागार पुगेका उनले जेलमा रहेका प्रतिनिधिसभा सदस्य रेशम चौधरीलाई भेटेका छन् ।

कारागार प्रशासन स्रोतका अनुसार डा. राउतले पाँच मिनेट मात्रै चौधरीसँग कुराकानी गरेका थिए । भेटका क्रममा भाबी दिनका हुनसक्ने सहकार्यको विषयमा छलफल भएको बताइएको छ ।

चौधरीले जेलमै भएका बेला श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा ‘नागरिक उन्मुक्ति पार्टी’ गठन गरेका छन् ।

टिकापुर हत्याकाण्डको मुख्य योजनाकार भएको अभियोगमा उनी कारागारमा छन् ।

प्रतिक्रिया दिनुहोस