Latest News

कृषि प्रवद्र्धनका लागि भन्दै शुक्रबार सार्वजनिक बिदा दिने निर्णय

Nepalese Times June 14, 2022 (1 Year ago)    638 Views

काठमाडौं । श्रीलङ्काले कृषि प्रवद्र्धनका लागि भन्दै शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

देशको कृषि उत्पादन बढाउन र कृषिकर्मलाई प्रोत्साहन गर्न मन्त्रिपरिषद्ले सरकारी कर्मचारीलाई शुक्रबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले सरकारी कर्मचारीलाई हप्तामा चार दिनमात्र काम गर्नुपर्ने व्यवस्था गर्नका साथै वैदेशिक रोजगारीमा जानचाहनेहरूका लागि पाँचवर्षसम्म बेतलवी बिदा दिने निर्णय पनि गरेको छ ।

‘तीन दिन कार्यालयमा काम नगर्ने गरी सार्वजनिक क्षेत्रका कर्मचारीलाई देशमा उत्पादन बढाउने कृषि कर्ममा लाग्न प्रोत्साहन गर्ने उद्देश्यले शुक्रबार पनि सार्वजनिक बिदाको व्यवस्था गरिएको’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।

प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले हालै आफ्नो देशले चरम खाद्यान्न अभावको सामना गरिरहेको बताएका थिए ।

स्थानीय विज्ञहरूले पनि अत्यावश्यक खाद्यवस्तुको उत्पादन कम भएकाले आगामी सेप्टेम्बरदेखि चामल र अन्य खाद्यवस्तुको अभाव हुने चेतावनी दिएका छन् ।

यस्तै भारत सरकारले निवृत्तिभरण र तलब कटौती गर्ने उद्देश्यले सशस्त्र बलहरूको नयाँ भर्ती योजना सार्वजनिक गरेको छ । अग्निपथ नामकरण गरिएको उक्त योजनाले स्थलसेना, जलसेना र वायुसेनामा छोटो अवधिको अनुबन्धनका आधारमा सैनिक भर्ती गर्ने लक्ष्य लिएको छ ।

रक्षामन्त्री राजनाथ सिंहले घोषणा गरेको यो योजनाअन्तर्गत साढे १५ वर्षदेखि २१ वर्ष उमेर समूहका करिब ४५ हजार युवालाई चारवर्षे कार्यकाल तोकेर सेवामा लगाइनेछ ।

चारवर्ष पछि ती सैनिकमध्ये २५ प्रतिशतलाई मात्र सेवामा निरन्तरता दिइने छ । उनीहरू नियमित क्याडरका रूपमा भर्ती हुनेछन् । त्यसरी भर्ती भएकाहरू १५ वर्षसम्म सेवामा रहने छन् तर उनीहरू सैनिक अधिकृतभन्दा तलको तहमा मात्र रहने छन् ।

प्रतिक्रिया दिनुहोस