Latest News

पत्नी हिसिला यामीसहित मन्त्रीको नयाँ लिस्ट बोकेर बाबुराम भट्टराई बालुवाटारमा

Nepalese Times June 14, 2022 (2 Year ago)    712 Views

काठमाडौं । एकीकृत समाजवादीले मन्त्रीको नयाँ लिस्ट बालुवाटारमा बुझाएको धेरै दिन बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुलाई मन्त्री पदमा नियुक्त गरेका छैनन् ।

अरु सत्तारुढ दलले पनि पुराना मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने तयारी गरेसँगै सबै पार्टीका नयाँ मन्त्रीको सपथ ग्रहण गराउने योजनासहित प्रधानमन्त्री देउवा अघि बढेका छन् ।

एकीकृत समाजवादीले मन्त्रीको नयाँ लिस्ट बालुवाटार बुझाएसँगै जनता समाजवादी पार्टी (जसपा)भित्रको विवाद पनि उत्कर्षमा पुगेको छ । पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र कार्यकारी समितिका अध्यक्ष उपेन्द्र यादवले एकले अर्कालाई कारबाहीको तयारी थालेका छन् ।

भट्टराई केही दिनयता दैनिकजसो प्रधानमन्त्रीनिवास बालुवाटार पुग्न थालेका स्रोतले जनाएको छ । पार्टी विभाजनमा सहयोगको माग गरी उनी बालुवाटार जाने गरेका छन् । पार्टी विभाजनलाई सहज हुने गरी कानुनी व्यवस्था गरिदिनसमेत उनको आग्र हछ । सोमबार पनि उनी बालुवाटार पुगेर पार्टी विभाजनलाई सहयोग गरिदिन आग्रह गरेका छन् ।

उनले उपेन्द्र यादवको सिफारिसमा मात्र मन्त्री हेरफेर नगर्नसमेत प्रधानमन्त्री देउवालाई दबाब दिँदै आएका छन् । तत्काल मन्त्रिमण्डल हेरफर गर्ने हो भने आफ्नो पार्टीबाट हिसिला यमी र सुशीला श्रेष्ठलाई मन्त्री बनाउन उनले प्रस्ताव गरेको स्रोत बताउँछ ।

सुशीला जसपा नेता अशोक राईकी श्रीमती हुन् । हिसिला बाबुरामकी पत्नी हुन् । आफ्नो तर्फका व्यक्तिहरुको नयाँ मन्त्रीको लिस्ट बोकेर भट्टराई बालुवाटार पुगेको भए पनि प्रधानमन्त्री देउवाले भने यसबारे कुनै जवाफ नदिएको जसपाका एक नेताले बताए ।

हालको राजनीतिक दलसम्बन्धि ऐनअनुसार पार्टी विभाजनका कारण संसद र केन्द्रीय समितिमा ४० प्रतिशत चाहिने प्रावधान छ । तर, बाबुरामको पक्षमा ४० प्रतिशत निश्चित हुन सकेको छैन ।

त्यसकारण २० प्रतिशतको प्रावधानसहितको नयाँ कानून ल्याउन आग्रह गरेका हुन् । तर, संसदमा बजेट अधिवेशन चलिरहेको अवस्थामा संसद रोकेर अध्यादेश ल्याउने अवस्था पनि छैन ।

जसकारण बाबुराम थप समस्यामा परेका छन् । यद्यपि, भट्टराईले भने आफुसँग ४० प्रतिशत रहेको दाबी गरेका छन् । प्रधानमन्त्रीले सहयोग नगर्दा उपेन्द्र यादव पक्षले आफ्ना सांसद तथा नेता खोस्न सक्ने भएकाले सहयोग गरिदिन भट्टराईले देउवालाई आग्रह गरेका हुन् ।

उपेन्द्रसँग असन्तुष्ट रहेका पार्टीका नेताहरूलाई समेत फकाएर अघि बढ्ने भट्टराईको रणनीति छ । पछिल्लो समय अशोक राईलाई आफ्नो पक्षमा पार्न उनी सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस