काठमाडौं । लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महिलामाथि हातपात गरेको अभियोगमा उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरीले कार्यालय दाङले जनाएको छ ।
तुलसीपुर उपमहानगरपालिका–५ बसपार्क स्थित एकराज बस्नेतको घरमा पुगेर उनको श्रीमती र छोरीलाई हातपात गरेको बताइएको छ । मन्त्री वलीले हातपात गरेको खबर पाएपछि स्थानीयले बस्नेतको घरमा उनलाई थुनेर राखेका थिए ।
घटनापछि आफूहरूले उदार गरेको जिल्ला प्रहरीले कार्यालयले एसपी सुरेश काफ्लेले बताए । विमलालाई अहिले इलाका प्रहरीले कार्यालय तुलसीपुरमा राखिएको छ।
घटनापछि मीनाले आफ्नो जेठाजुलाई खबर गरेकी थिइन् । जेठाजुले प्रहरी बोलाएका थिए । जिप्रका तुल्सीपुरको प्रहरी आएर एकराजको कोठाबाट बिमलालाई नियन्त्रणमा लिएको थियो । घटना हुँदा एकराज घरमा थिएनन् ।
एकराज र मीनाका एक छोरा र एक छोरी छन् । बिमलाका पनि दुई छोरा छन् । बिमलाका श्रीमानको केही समयअघि दुर्घटनामा निधन भएको थियो । गत वर्ष भदौमा विमलाले आफ्नो फेसबुक स्टोरीमा एकराजलाई चुम्बन गरेको फोटो हालेकी थिइन् ।